जेठ ६, २०८१ आइतबार May 19, 2024

गोरखा जिल्लामा युवा संघ जिल्ला कमिटी गठन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं:  गोरखा जिल्लामा नेकपा एमालेको भातृ संगठन युवा संघ गोरखा कमिटी गठन भएको छ ।

गत बुधवार गोरखा जिल्लाको सदरमुकाम गोरखामा बसेको युवा संघ गोरखा जिल्ला कमिटीको भेलाले शिवराज पौडेलको अध्यक्षतामा १६१ सदस्यिय जिल्ला कमिटी घोषणा गरेको युवा संघ गोरखा जिल्लाका सहईञ्जार्ज विश्वज्वती बानीयाले जानकारी दिए । जसमा उपाध्यक्ष निरज घले, सचिवमा अञ्जन देवकोटा र कोषाअध्यक्षमा ईश्वर रेग्मीलाइ पदाधिकारी तोकेको छ ।

युवा संघ नया कमिटीले राज्यका हरेक गतिविधीलाइ सुक्ष्म तरिकाले अध्ययन गर्दै परिआए देश र जनताको हक हित र अधिकारका लागि जस्तोसुकै कदम चाल्नपनि पछि नहट्ने प्रतिवद्धता हरेक सदस्यहरुले गरेको सहईञ्जार्ज बानीयाले बताए ।

युवा संघ गोरखा कमिटीले एक विज्ञप्ती जारी गर्दै जिल्ला कमिटी घोषणाको औपचारीक जानकारी दिएको थियो ।

 

 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया