काठमाडौंः यूनियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओ जारी भएको दोस्रो दिनमै ११ लाख ७० हजार ९१२ जनाको आवेदन परेको छ ।
ती आवेदकहरुबाट एक करोड ९६ लाख १ हजार ९३० कित्ताको लागि आवेदन परेको सिडिएस एण्ड क्लियरिङ लिमिटेडले जानकारी दिएको हो ।
कम्पनीले ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता आईपीओ विक्री गर्न लागेको हो । कम्पनीले सर्वसाधारणका लागि छुट्याएको कुल कित्तामध्ये ५ प्रतिशत कर्मचारी र ५ प्रतिशत सामूहिक लगानीकोषका लागि सुरक्षित गरी बाँकी ५८ लाख ५ हजार कित्ता सार्वजनिक निष्कासनमा ल्याएको हो ।
दोस्रो दिनमा मागभन्दा ३ दशमलव ३७ गुणा बढी आवेदन परेको हो । सार्वजनिक निष्कासनमा आएको शेयर खरिदका लागि मात्र आवेदन दिन सकिनेछ । मागभन्दा बढी आवेदन परिसकेकाले यो आईपीओ छिटो अवधि असार २८ गतेसम्म मात्र विक्रीमा रहनेछ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया