असार २८, २०८२ शनिबार July 12, 2025

भारतीय रेल प्रयोग गरी तेस्रो मुलुकसँग व्यापार गर्न पाइने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाल रेलवे कम्पनीको स्वामित्वमा रहेका रेल सेवाले भारतको कोलकाता र हल्दिया बन्दरगाहसम्मको पहुँच तथा तेस्रो मुलुकसँगको व्यापारमा भारतीय रेल सेवा प्रयोग गर्न पाउने भएको छ।

नेपाल र भारतबीच शुक्रबार भएको रेल सेवा सम्झौताको लेटर अफ एक्सचेन्जमा यो सुविधा थप गरिएको हो। दुवै मुलुकबीच रेल सेवा सम्झौताको संशोधनको लेटर अफ एक्सचेन्ज (आदानप्रदान) शुक्रबार भर्चुअल माध्यमबाट भएको हो।

नेपालका तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव श्री दिनेश भट्टराई र भारतको तर्फबाट भारतीय रेल मन्त्रालयअन्तर्गतको परिचालन एवं व्यवसाय विकास विभागका सदस्य सञ्जयकुमार मोहांतीले हस्ताक्षर गरेका छन्।

लेटर अफ एक्सचेन्जमा हस्ताक्षर भएसँगै सार्वजनिक तथा निजी कन्टेनर सञ्चालक, मोटरगाडी माल रेल सञ्चालक, विशेष मालसामान रेल सञ्चालक वा भारतीय रेल्वेले स्वीकृत गरेका अन्य माल ढुवानी सञ्चालनलगायत सबै अधिकार प्राप्त कार्गो रेल सञ्चालकहरूले मालवाहक समान ओसारपोसार गर्न पाउनेछन् ।

त्यसैगरी तेस्रो मुलुकबाट आएका सामान भारतका बन्दरगाहबाट नेपालसम्म ल्याउन भारतीय रेलमार्ग सञ्जालको प्रयोग गर्न पाउने भारतीय राजदूतावासद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।

‘यो नयाँ प्रावधानले नेपालको बजार शक्तिको पहुँचलाई विस्तार गर्नुका साथै सामानको ढुवानीलाई थप प्रभावकारी बनाई एवं मूल्य प्रतिस्पर्धामा वृद्धि गरी नेपाली व्यापारी, ढुवानीकर्ता र उपभोक्ताहरूलाई लाभ पुग्नेछ,’ भारतीय दूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘भारतको रेल सञ्जालमा सञ्चालन हुने सबै किसिमका मालवाहक रेलले भारत र नेपालबीच मालसामान ओसारपसार गर्नेछ। यसले विशेष प्रकारका मालडिब्बामा बोकिने मोटरगाडी र अन्य केही वस्तुको ढुवानी खर्चमा कमी ल्याउनेछ।’ नागरिक दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न
२०८२ असार २८, शनिबार
रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिलाको सङ्ख्या धेरै
२०८२ असार २८, शनिबार
एक अर्ब ३७ करोडको ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए
२०८२ असार २८, शनिबार
मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान
२०८२ असार २८, शनिबार
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
२०८२ असार २८, शनिबार
बाख्रापालनमा जमेका चन्द दम्पती
२०८२ असार २८, शनिबार
विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन् : विश्वप्रकाश शर्मा (अन्तवार्ता)
२०८२ असार २८, शनिबार