असार २८, २०८२ शनिबार July 12, 2025

देउवा विरोधी खेमामा सहमति प्रयास

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाली  कांग्रेस संस्थापन इतर पक्षका नेताहरूले महाधिवेशनमा साझा उम्मेदवार तय गर्न सहमतिको पहल थालेका छन् ।

नेता अर्जुननरसिंह केसीको पहलमा शुक्रबार संस्थापन इतर समूहबाट नेतृत्वका आकांक्षीलाई एक ठाउँमा भेला गराएर सहमतिमा एकमात्र उम्मेदवार तय गर्न छलफल गरिएको छ । केसी स्वयंले पनि पार्टीको १४औं महाधिवेशनमा आफूलाई सभापतिको आकांक्षीका रुपमा प्रस्तुत गर्दै आएका छन् ।

संस्थापन पक्षबाट शेरबहादुर देउवा, विमलेन्द्र निधि र गोपालमान श्रेष्ठले नेतृत्वका लागि आकांक्षा व्यक्त गरेका छन् । संस्थापन इतर पक्षबाट भने नौजनाले सभापतिमा दाबी गर्दै आएका छन् ।

संस्थापन इतर पक्षबाट नेतृत्व दाबी गर्नेमा नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, पूर्वसहमहामन्त्रीहरू रामशरण महत र अर्जुननरसिंह केसी, केन्द्रीय सदस्यहरू शेखर कोइराला, सुजाता कोइराला र कल्याण गुरुङ छन् । संस्थापन इतर पक्षबाट सभापतिका आकांक्षी गुरुङबाहेक अन्य सहभागी बैठकमा सबैले नेतृत्वमा आआफ्नो दाबी प्रस्तुत गर्दै औचित्य पुष्टिको प्रयास गरेका थिए ।

बैठकमा सबैले आफू नै आगामी सभापतिका लागि अब्बल भएको दाबी गरे पनि सिटौलाबाहेक अन्यले संस्थापन इतर पक्षबाट सहमतिमा साझा उम्मेदवार तय गर्नुपर्नेमा जोड दिएका थिए । संस्थापन इतर समूहबाट सभापतिमा एउटामात्र उम्मेदवार बनाउन नसके नेतृत्वमा पुग्न नसकिने सबै आकांक्षीले स्वीकार गरेको एक नेताले बताए । १३औं महाधिवेशनमा तत्कालीन संस्थापन पक्षबाट विद्रोह गर्दै सभापतिको उम्मेदवार बनेका सिटौलाले स्वस्थ प्रतिस्पर्धा गर्नुपर्नेमा जोड दिएका थिए ।

महाधिवेशन आउन अझै समय बाँकी रहेकाले अहिले नै हतार गर्नुपर्ने आवश्यकता नरहेको भन्दै उनले सहमतिभन्दा पनि स्वस्थ प्रतिस्पर्धाबाट छानिने नेतृत्वले संगठन चलायमान बनाउन सक्ने धारणा राखेको स्रोतको दाबी छ । नेताहरूबीच १४औं महाधिवेशनलाई निष्पक्ष, स्वतन्त्र बनाउनेदेखि मुलुकको समग्र राजनीतिक अवस्थाबारे छलफल भएको थियो ।

 ‘१४औं महाधिवेशनलाई निष्पक्ष, स्वतन्त्र ढंगबाट समयमा कसरी सम्पन्न गर्ने भन्ने हामी सबैको चिन्ता र चासोको विषय हो,’ केसीले भने, ‘हाम्रा सामु देखिएका चुनौती सामना पार्टीभित्रको समग्रतामा एकता आवश्यक छ । त्यसका लागि प्रयास गरौं । सहमतिमा सभापतिका लागि एउटा उम्मेदवार छानौं भनेर प्रारम्भिक छलफल गरेका हौं ।’ छलफल सकारात्मक भएको दाबी गर्दै उनले भने,‘कृष्णजीले हेरौं, अझै समय छ भन्नु भएको छ । अन्य सबैको कुरा एकताबद्ध भएर अघि बढ्नुपर्छ भन्ने छ ।’ नागरिक दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न
२०८२ असार २८, शनिबार
रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिलाको सङ्ख्या धेरै
२०८२ असार २८, शनिबार
एक अर्ब ३७ करोडको ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए
२०८२ असार २८, शनिबार
मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान
२०८२ असार २८, शनिबार
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
२०८२ असार २८, शनिबार
बाख्रापालनमा जमेका चन्द दम्पती
२०८२ असार २८, शनिबार
विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन् : विश्वप्रकाश शर्मा (अन्तवार्ता)
२०८२ असार २८, शनिबार