जेठ ६, २०८१ आइतबार May 19, 2024

युवा संघको सडक प्रदर्शन अन्तिम समयमा आएर  स्थगित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सत्तारुढ नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालको शनिबार आजको तय गरिएको सडक प्रदर्शन अन्तिम समयमा आएर  स्थगित भएको छ ।

गठित एकता कार्यदलमा रहेका नेताहरूले वार्ता सहमतिमा पुग्न लागेका बेला सडकमा प्रदर्शन नगर्न माग गरेपछी अचानक स्थगित गरिएको हो  ।

आज शनिवार अपरान्ह ३ बजे युवा संघको कार्यालय नयाँ बानेश्वरदेखि माइतीघरसम्म निर्वाचनको पक्षमा मार्चपास गर्ने पूर्वनिर्धारित कार्यक्रम तय भएकोमा इन्चार्ज महेश बस्नेतको निर्देशनपछि स्थगित भएको उपमहासचिव रामजी सापकोटाले जानकारी दिए ।

एमाले एकताको लागि गठित कार्यदलले सहमतिको मस्यौदा तयार पारेको छ । शनिवारै साँझसम्म शीर्ष नेताहरूबीच छलफलपछि एमाले एक रहेको सन्देश दिने तयारी भइरहेकाले सडकमा प्रदर्शन नगर्न कार्यदलका नेताहरूले निर्देशन दिएको बताइएको छ ।

कार्यदलमा एक अर्कालाई उत्तेजित पार्ने र पार्टी एकतालाई असर गर्ने खालका कुनै पनि प्रदर्शनहरू नगर्ने अनौपचारिक सहमति भएको थियो । युवासंघको मार्चपास अब आइतबार हुने बस्नेतले बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया