श्रावण २, २०८२ शुक्रबार July 18, 2025

नग्न भिडिओ अटोमेटिक रुपमा हट्ने प्रविधि प्रयोग गर्दै टिकटक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः छोटो भिडिओ शेयरिङ प्लेटफर्म टिकटकले भिडिओ सामग्रीको रिभ्युमा संलग्न मानव जनशक्ति विस्थापित गर्दै स्वचालित प्रविधि प्रयोग गर्ने भएको छ । कम्पनीले अमेरिका र क्यानडामा अटोमेटेड रिभ्यु सिस्टम सुरु गर्ने भएको हो ।

जसबाट नग्नता, अश्लीलता, यौन, अपराध, ग्राफिक कन्टेन्ट, गैरकानूनी तथा हिंसात्मक गतिविधि  सम्बन्धी भिडिओ सामग्रीको रिभ्यु स्वचालित तवरबाट हुनेछ । यदि कुनै भिडिओ सामग्री यी समूह भित्र रहेको कुरा टिकटकको सिस्टमले समात्न सकेको खण्डमा त्यसलाई तुरुन्तै हटाइ दिनेछ ।

त्यसपछिको अवस्थामा कृयटरले मसिनको निर्णयलाई पुनर्विचार गराउन मानव मोडेरेटरलाई अपील गर्न सक्नेछन् । हालसम्म टिकटकले अमेरिकामा भिडिओ रिभ्युको काम मानव मोडेरेटरमार्फत गराउँदै आएको छ ।

तनाव सिर्जना गर्ने भिडिओलाई सीमित गर्ने उद्देश्यका साथ यस किसिमको परिवर्तन गर्न लागिएको हो । तर स्वचालित प्रणालीले पूर्णताका साथ काम गर्न नसक्ने कुरा टिकटकका लागि समस्याको विषय हुनेछ ।

टिकटकले केही देशमा मोडेरेसनका लागि पूर्ण अटोमेसन प्रणाली सुरु गर्ने बताएको छ । जसका लागि ब्राजिल र पाकिस्तान सहितका देशमा यसको परीक्षण भइरहेको छ ।  – टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार