असार २८, २०८२ शनिबार July 12, 2025

काँग्रेस महाधिवेशन : समूहगत व्यवस्थापनमा सकस

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाली काँग्रेसको आसन्न केन्द्रीय महाधिवेशनमा सभापतिका आकाङ्क्षी बढेपछि त्यसलाई व्यवस्थापन गर्न पार्टीभित्रका समूहलाई सकस पर्दै गएको छ । पार्टी सभापति शेरबहादुर देउवाका साथै प्रतिस्पर्धी वरिष्ठ नेता रामचन्द्र पौडेल समूहलाई १४ औँ महाधिवेशनमा आफ्ना समूहबाट सर्वसम्मत सभापतिमा एक जना उम्मेदवार बनाउन चुनौती चुलिँदै गएको छ ।

विगतमा आफ्नो समूहभित्र एकल नेतृत्व गर्दै आउनुभएका सभापति देउवालाई यसपटक उपसभापति विमलेन्द्र निधिले संस्थापन समूहभित्रै चुनौती दिँदै देउवालाई नछाड्ने घोषणा गरिसकेका छन् ।

अघिल्लो महाधिवेशनमा देउवा आफ्नो समूहका सर्वसम्मत उम्मेदवार हुँदा पहिलो चरणमा विजय हासिल गर्न नसकी निकटतम प्रतिद्वन्द्वी पौडेललाई दोस्रो चरणमा पराजित गरेका थिए । पहिलो चरणमा बहुमत ल्याउन नसके पहिलो र दोस्रो स्पर्धीबीच अर्को चरणको निर्वाचन हुने विधान काँग्रेसमा रहेको छ । पहिलो स्पर्धामा तेस्रो हुनुभएका कृष्णप्रसाद सिटौलाले दोस्रो चरणमा देउवालाई समर्थन गरेका थिए ।

अघिल्लो महाधिवेशनमा तत्कालीन संस्थापन पक्षको नेतृत्व गर्नुभएका वरिष्ठ नेता पौडेललाई यसपटक सबैभन्दा चुनौती हुने देखिएको छ । यसअघि पौडेललाई नेता मानेका नेता डा. शशाङ्क कोइराला, प्रकाशमान सिंहले यसपटक पौडेल नभई आफूहरू नै उम्मेदवार बन्न लगातार बैठक गर्न थालेका छन् ।

त्यसबाहेक शेखर कोइराला, सुजाता कोइराला, रामशरण महत, अर्जुननरसिंह केसीलगायतका नेताले पनि सभापति बन्न आफ्नो समूहभित्र ‘लबिङ’ सुरु गरेपछि समूहभित्रकै व्यवस्थापन फलामको चिउरा भएको छ । – गोरखापत्र दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न
२०८२ असार २८, शनिबार
रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिलाको सङ्ख्या धेरै
२०८२ असार २८, शनिबार
एक अर्ब ३७ करोडको ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए
२०८२ असार २८, शनिबार
मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान
२०८२ असार २८, शनिबार
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
२०८२ असार २८, शनिबार
बाख्रापालनमा जमेका चन्द दम्पती
२०८२ असार २८, शनिबार
विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन् : विश्वप्रकाश शर्मा (अन्तवार्ता)
२०८२ असार २८, शनिबार