श्रावण १, २०८२ बिहिबार July 17, 2025

१७ कम्पनीको ५ अर्बभन्दा बढीको आईपीओ बजारमा आउने पक्का

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः विभिन्न १७ वटा कम्पनीले नेपाल धितोपत्र बोर्डमा प्राथमिक सेयर निष्कासनका लागि अनुमति माग गरेका छन् । यी कम्पनीको पाँच अर्ब रकम भन्दा बढीको प्राथमिक सेयर (आईपीओ) बजारमा आउने भएको हो ।

चालू आर्थिक वर्षको अन्त्यसम्म आइपुग्दा १९ कम्पनीलाई धितोपत्र निष्काशनको अनुमति दिइसकेको धितोपत्र बोर्डले अझ विभिन्न्न १७ वटा कम्पनीलाई निष्कासन अनुमतिका लागि पखाईमा राखेको छ ।

यी कम्पनीहरूको पाँच अर्ब ६४ करोड ३ लाख ७९ हजार ८ सय रुपैयाँ बराबरका ५ करोड ६४ लाख ३ हजार ७ सय ९८ कित्ता सेयर निष्कासनका लागि पाइप लाइनमा रहेका छन् । आवेदन दिनेमा अधिकाशं जलविद्युत् कम्पनी रहेका छन् ।

धितोपत्रको प्रारम्भिक बिक्रि वितरणमा संलग्न बजारलाई प्राथमिक बजार भनिन्छ । अर्को शब्दमा, नयाँ अथवा पहिलोपटक निष्कासन गरिएका धितोपत्रको बिक्री हुने बजारलाई प्राथमिक बजार भनिन्छ ।

प्राथमिक सेयर प्रतिकित्ता १ सय रुपैयाँमा खरिद गरेर दोस्रो बजारमा कारोबार हुँदा बढ्दै जान्छ । बोर्डमा आवेदन दिएकामध्ये पाँचवटा कम्पनीलाई बोर्डले प्रारम्भिक समीक्षामा राखेको छ भने ४ वटा कम्पनीलाई समीक्षा गरेर टिप्पणी पठाइएको छ । त्यस्तै, अन्य आठवटा कम्पनी पनि समीक्षा अवधिमै रहेका छन् । -राजधानी दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया