जेठ ६, २०८१ आइतबार May 19, 2024

एमाले स्थायी कमिटीको बैठक स्थगित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सत्तारुढ नेकपा (एमाले) स्थायी कमिटीको आज दिउँसो ४ बजे बस्ने भनिएको बैठक स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भनिएको बैठक भाेलि (२८ गते) सम्मका लागि स्थगित भएको छ ।

एमाले विवाद समाधानका लागि कार्यदलको बैठक सिंहदरबारमा जारी रहेकै बेला प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बालुवाटारमा स्थायी कमिटी बैठक बस्न लागिएको थियो ।

एमाले स्थायी कमिटी बैठकले कार्यदलले तयार पारेको सहमतिको दस्तावेज सार्वजनिक गर्ने बताइए पनि बैठक स्थगित भएपछि यो कार्यकम पनि स्थगित हुने देखिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया