काठमाण्डौः सिरियाका राष्ट्रपति बशर अल असदले आइतवार जनतालाई डिजेल ईन्धन र रोटीको मूल्यवृद्धिले पारेको प्रभाबलाई सम्बोधन गर्नका लागि भन्दै कर्मचारीको तलब वृद्धि गर्न सरकारलाई निर्देशन दिनुभएको छ ।
सिरियाको राज्य सञ्चालित समाचार संस्था ‘साना’का अनुसार असदले राज्यका कार्यरत कर्मचारीका लागि ५० प्रतिशत र सेवानिवृत्तका लागि ४० प्रतिशत तलब वृद्धि गर्न आदेश दिनुभएको हो ।
सिरियाली सरकारले सहुलियत दरको ईन्धनको मूल्यमा १७७ दशमलब ७ प्रतिशत र सहुलियत दरको पाउरोटीमा ५० प्रतिशतले मूल्य बढाएपछि यसको नागरिकस्तरबाट व्यापक विरोध भएको थियो । सरकारले मूल्यवृद्धि गरेर सामान्य जनजीवनमा प्रभाब परेको गुनासो जनस्तरबाट आएपछि राष्ट्रपतिले यसलाई सम्बोधन गर्न निर्देशन दिनुभएको हो ।
सानाका अनुसार सिरियामा लगाइएको पश्चिमी प्रतिबन्धका साथै विश्वव्यापी उर्जा ईन्धनको मूल्य वृद्धिका कारण इन्धनको मूल्यमा वृद्धि भएको उहाँले बताउनुभयो । सरकारी अनुमान अनुसार इन्धनको मूल्य वृद्धिका कारण यातायात सेवा क्षेत्रमा २५, कृषि क्षेत्रमा सात प्रतिशत मूल्यवृद्धि हुने देखिएको छ । यद्यपि सिरियाली मानव अधिकारवादी संस्थाहरूले भने इन्धन तथा पाउरोटीमा भएको मूल्यवृद्धिले घरायसी खर्चमामा १७८ प्रतिशत वृद्धि हुने जनाएका छन् ।रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया