असार २५, २०८२ बुधबार July 9, 2025

अल्जेरियाका प्रधानमन्त्री कोरोनाभाइरसबाट सङ्क्रमित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अल्जेरियाका प्रधानमन्त्री अयमान बेनाब्डेराहमन कोरोनाभाइरसबाट सङ्क्रमित हुनुभएको छ । स्वाब परीक्षण गर्दा उहाँमा सङ्क्रमण पुष्टि भएको सरकारी अधिकारीहरुले शनिबार जानकारी दिएका हुन् ।

सङ्क्रमण पुष्टि भएपछि प्रधानमन्त्री बेनाब्डेराहमन अहिले छुट्टै बस्न थाल्नु भएको छ ।

उहाँले कोरोनाभाइरस सम्वन्धी मापदण्डहरुको पालना पनि गर्नु भएको उहाँको सचिवालयले जानकारी दिएको छ । घर भित्र छुट्टै बसेपनि उहाँले कतिपय काम भने गर्नुभएको सचिवालयद्धारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

उहाँलाई सङ्क्रमण पुष्टि भएपनि अवस्था भने सामान्य नै रहेको जनाइएको छ । उहाँलाई देशका बरिष्ठ चिकित्सकहरुको निगरानी पनि रहेको छ ।

बेनाब्डेराहमन यही जुन ३० तारिखमा अल्जेरियाको प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । अल्जेरियामा पछिल्ला केहीदिन देखि कोरोनाभाइरसको सङ्क्रमण अत्यधिक बृद्धि भएको छ ।

अहिले दैनिक झण्डै दुई सय जनाको दरले सङ्क्रमितहरुको सङ्ख्या बृद्धि भएको अधिकारीहरुले जानकारी दिएका छन् । रासस-सिन्हा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार