असार २६, २०८२ बिहिबार July 10, 2025

अस्थायी शिक्षक तथा कर्मचारीलाई उपदान दिन शुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमण्डौंः अर्घाखाँचीको पाणिनि गाउँपालिकाले अस्थायी शिक्षक तथा कर्मचारीलाई पनि उपदान दिन सुरु गरेको छ ।

पाणिनि गाउँपालिका र पाणिनि गाउँपालिकामा कार्यरत शिक्षक कर्मचारीको संयुक्त साझेदारीमा शिक्षक र विद्यालय कर्मचारी सहयोग (उपचार तथा अवकास)कोषको स्थापना गरी उपदान दिन सुरु गरिएको हो ।

अस्थायी सेवामा लामो समय काम गरी अवकास लिने शिक्षक तथा कर्मचारीलाई खाली हात घर फर्कन नपरोस् भन्ने उद्देश्यले सो कार्यको थालनी गरिएको हो ।

पाणिनि गाउँपालिका अध्यक्ष अच्युत गौतमको अध्यक्षतामा शिक्षक तथा विद्यालय कर्मचारी सहयोग (उपचार तथा अवकास)कोष व्यवस्थापन तथा परिचालन समिति गठन गरी अवकास लिने शिक्षक तथा कर्मचारीलाई वार्षिक ५ हजारका दरले उपदान दिने व्यवस्था गरिएको छ ।

आइतबार शिक्षक तथा विद्यालय कर्मचारी सहयोग (उपचार तथा अवकास)कोष व्यवस्थापन तथा परिचालन समितिका अध्यक्ष एवम् पाणिनि गाउँपालिका अध्यक्ष अच्युत गौतमले एक कार्यक्रमका बीच श्री हरिहर संस्कृत तथा साधारण माविमा राजपत्र अनंकित तृतीय श्रेणी(मुखिया) करार पदमा करिव ३५ वर्ष सेवा गरी अवकास लिनुभएका विद्यालय कर्मचारी लोकहरि गौतमलाई विद्यालयलाई पुर्याउनु भएको योगदानको कदर गर्दै वार्षिक ५ हजारका दरले हुने एकमुष्ट रकमको चेक प्रदान गर्नुभएको छ ।

शिक्षक तथा विद्यालय कर्मचारीको पक्षमा देशकै नमुना कार्यक्रम ल्याएर कार्यान्वयन गरेकोमा पाणिनि गाउँपालिकामा कार्यरत सम्पूर्ण शिक्षक तथा विद्यालय कर्मचारीले आभार व्यक्त गरेका छन् । यसले आफूहरूलाई हौसला मिलेको उनीहरू बताउँछन् । खबर एजुकेशन

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
किमले अचानक हटाए मुख्य अङ्गरक्षक, दिए नयाँलाई जिम्मेवारी
२०८२ असार २६, बिहिबार
गुरु आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन् : प्रधानमन्त्री
२०८२ असार २६, बिहिबार
‘भिसा भेरिफिकेसन’ले कैलाश मानसरोवर जाने पर्यटकलाई सास्ती
२०८२ असार २६, बिहिबार
पीएसजीको दमदार प्रदर्शन : चेल्सीसँग उपाधि भिडन्त, ट्रम्प पनि खेल हेर्न आउने
२०८२ असार २६, बिहिबार
थेरापी सेन्टरका कर्मचारीलाई ऋण खोजेर तलब खुवाँइदै
२०८२ असार २६, बिहिबार
मीन माध्यमिक विद्यालयको छानो बनाउन इन्भेष्टमेन्ट मेगा बैंकको सहयोग
२०८२ असार २६, बिहिबार
छ करोडमा पाँच श्ययाको अस्पताल भवन निर्माण
२०८२ असार २६, बिहिबार