जेठ ६, २०८१ आइतबार May 19, 2024

सरकार स्वरुपबारे काँग्रेससँग ठोस छलफल गरेर अघि बढ्ने माओबादी निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमण्डौंः नेकपा (माओवादी केन्द्र) स्थायी कमिटीको बिहान कोटेश्वरस्थित पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठक सम्पन्न भएको छ ।

माओवादी केन्द्रको स्थायी कमिटीको बैठकले सोमबार सर्वोच्च अदालतले गरेको फैसलाको औपचारिकरुपमा स्वागत गरेको छ । यसका साथै सर्वोच्चको फैसला कार्यान्वयनको प्रक्रिया अगाडि बढेको सन्दर्भमा राष्ट्रिय सहमतिसँगै एकताबद्ध भई अघि बढ्ने निर्णय गरेको माओवादी केन्द्रका पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो ।

आज नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न लागिएको र मन्त्रिपरिषद् गठन गर्ने सन्दर्भमा पनि नेकपा माओवादी केन्द्रको बैठकमा छलफल भएको उहाँले जानकारी दिनुभयो ।

सरकार गठनका सन्दर्भमा अबको सरकारको स्वरुप लगायतका विषयमा पार्टी अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले काँग्रेस सभापति देउवासँग ठोस छलफल गरेर अघि बढ्ने निर्णय गरेको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया