काठमाडौंः दक्षिण अफ्रिकामा जारी हिंसामा ७२ जनाको मृत्यु भएको छ । पूर्व राष्ट्रपति ज्याकब जूमालाई जेल चलान गरिएपछि फैलिएको हिंसामा मङ्गलबारसम्म ७२ जनाको मृत्यु भएको हो ।
हिंसा नियन्त्रणका लागि प्रहरीलाई सघाउन दक्षिण अफ्रिकामा सेना उतारिएको छ । दक्षिण अफ्रिकी प्रहरीले लुटपाट र आगजनीमा संलग्न १२ जना ब्यक्तिलाई पहिचान गरिएको जनाएको छ । हालसम्म एक हजार २३४ जनालाई नियन्त्रणमा लिइएको छ ।
राष्ट्रपति सिरिल माराफोसाले जारी हिंसालाई सन् १९९० पछिको सबैभन्दा उग्र रहेको प्रतिक्रिया दिनुभएको छ । उहाँले प्रदर्शनकारीलाई संयमित हुन आव्हान गर्नुभएको छ ।
जूमाको गृहनगर क्वाजुलु–नाटल र गौटेङ्ग प्रान्तका शहरस्थित ब्यापारिक प्रतिष्ठान र पसल लुटिएका छन् । एजेन्सी
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया