श्रावण ३, २०८२ शनिबार July 19, 2025

माघ पहिलो साता राष्ट्रियसभा निर्वाचन, कांग्रेस ६ सिटमा खुम्चिँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । उपनिर्वाचनको परिणामबाट केही उत्साही भएको प्रमुख विपक्षी नेपाली कांग्रेसका लागि राष्ट्रियसभाको निर्वाचन भने निराशाजनक हुँदैछ । माघ पहिलो साता हुने राष्ट्रियसभाका १९ सांसदको निर्वाचनमा कांग्रेसले कम्तिमा ६ सिट गुमाउने देखिन्छ ।

राष्ट्रिय सभाको दुईवर्षे कार्यकाल पूरा गरेर बिदा हुने १९ जना सांसदमध्ये कांग्रेसका ७ जना छन् । ५९ सदस्यीय राष्ट्रियसभामा १३ सिट पाएको कांग्रेसलाई चिठ्ठा तान्दासमेत घाटा लागेको थियो । १९ जनाले आ–आफ्नो क्लस्टरमा चिठ्ठा तान्दा ७ जना कांग्रेसका सांसद दुईवर्षेमा परेका थिए ।

राष्ट्रियसभाको निर्वाचन माघको ७ देखि १० गतेभित्र गर्ने तयारी छ । संविधानअनुसार सदस्य पद रिक्त हुनुभन्दा ३५ दिनअघि निर्वाचन भइसक्नुपर्छ । फागुन २१ गते अहिलेका सांसदको २ वर्षे कार्यकाल पूरा हुँदैछ ।

यसपटक कांग्रेसबाट राष्ट्रिय सभामा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे, सचेतक सरिता प्रसाईसहित विन्दादेवी आले, बद्री पाण्डे, मुक्ताकुमारी यादव, दुर्गाप्रपसाद उपाध्याय र धनकुमारी खतिवडाको कार्यकाल सकिँदैछ ।

त्यस्तै नेकपाबाट हरिचरण शिवाकोटी, बलराम बास्कोटा, मीना बुढा, युटोल तामाङ, राजकुमार कुँवर, कमलाकुमारी ओली, कालिबहादुर मल्ल र खेमराज नेपालीको कार्यकाल सकिँदैछ ।

राजपाका वृशेषचन्द्र लाल र रमेशप्रसाद यादव तथा समाजवादीका रामप्रित पासवानको पनि २ वर्षको कार्यकाल सकिँदैछ ।

अब हुने राष्ट्रियसभा निर्वाचन पनि एकल संक्रमणीय प्रणालीबाटै हुनेछ । तर, एउटा क्लस्टरमा एकजना मात्र निर्वाचित गर्नुपर्ने भएकाले प्रदेशसभा र स्थानीय तहमा जसको बहुमत छ, त्यही पार्टीले जित्ने निश्चित छ ।

यस अघि तीनजना निर्वाचित हुने बेला दुईजना नेकपामा जित्दा एकल संक्रमणीय प्रणालीका कारण कांग्रेसले तेस्रो सिट जितेको थियो । यसपटक प्रत्येक क्लस्टरमा एक सिटको लागि मात्र चुनाव हुँदैछ । त्यसैले ६ वटा प्रदेशमा कांग्रेसले ६ सिट गुमाउने निश्चितजस्तै देखिन्छ ।

दुईवर्षे कार्यकाल पूरा भएर घर फर्किनेमा नेकपाका ८ जना, कांग्रेसका सात जना, राजपाका दुई जना र समाजवादीका एकजना सांसद छन् । राष्ट्रपतिबाट मनोनित सदस्य तथा अर्थमन्त्री डा।युवराज खतिवडाको अवधि पनि यही चरणमा सकिनेछ ।

प्रदेश २ मा गठबन्धन अनिवार्य

एकल संक्रमणीय प्रणालीबाट निर्वाचन हुँदा कांग्रेसले प्रत्येक प्रदेशमा एकरदुईजना सदस्य जिताउन सफल भएको थियो । तर अब, त्यही प्रणालीबाट चुनाव भए पनि व्यवहारमा जसले बढी मत पाउँछ, उसैले जित्ने अवस्था भएकाले कांग्रेसको सम्भावना प्रदेश २ मा बाहेक अन्यत्र खासै छैन ।

प्रदेश २ मा भने कांग्रेस, राजपा र समाजवादी पार्टी मिले भने कम्तिमा एक/एक सिट सुरक्षित गर्ने अवस्था छ । प्रदेश २ मा ८ मध्ये ४ सदस्य रिक्त हुँदैछन् । त्यहाँ कुनै पनि पार्टीको बहुमत नभएकाले गठबन्धन गर्नुपर्ने अवस्था छ ।

राष्ट्रियसभा सदस्यको निर्वाचनमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुखले मतदान गर्छन् । प्रदेश २ मा पनि मतदाताको हिसाबले नेकपा सबैभन्दा ठूलो दल हो । प्रदेशसभा र स्थानीय तह दुवैतिर नेकपाका मतदाता धेरै छन् ।

मधेसवादी दल राजपा र समाजवादीले नेकपा वा कांग्रेसमध्ये जोसँग गठबन्धन गर्छन्, उनीहरुकै गठबन्धनले त्यहाँबाट राष्ट्रियसभामा चार सिट जित्न सक्छन् । यी चार बाहेक अन्य सबै १५ सिटमै नेकपाले जित्ने निश्चित छ ।

५९ मध्ये कम्तिमा ४६ नेकपा

एउटा क्लस्टरमा एकजना मात्र निर्वाचित हुने भएकाले कांग्रेस लगायत अन्य पार्टीको सम्भावना नरहेको राष्ट्रियसभाका एक उच्च अधिकारीले बताएका छन । यो निर्वाचनबाट राष्ट्रियसभाका कुल ५९ सिटमध्ये नेकपाको कम्तिमा ४३ सिट हुनेछ । राष्ट्रपतिबाट मनोनित पनि नेकपाकै भएकाले उसको संख्या ४६ हुन्छ ।

प्रदेश २ का चार सिट कांग्रेस र मधेसवादीले बाँडेर चुनाव लडेको खण्डमा कांग्रेस कम्तिमा ७ सिटमा रहनेछ । यदि कांग्रेस बाहेकको गठबन्धन प्रदेश २ मा बनेको खण्डमा कांग्रेसले त्यहाँ भएको एक सिट पनि गुमाएर ६ सिटमा खुम्चिनेछ ।

यस हिसाबले अब अर्को २ वर्षपछि राष्ट्रियसभामा कांग्रेसको चार सिटमात्र बाँकी रहनेछ । अब दुई वर्षपछि राधेश्याम अधिकारी र तारादेवी भट्टको कार्यकाल सकिनेछ र ती ठाउँमा पनि नेकपाकै बहुमत भएकाले कांग्रेसका थप दुई सिट गुम्नेछन् ।

प्रदेश २ मा जोसँग गठबन्धन गरे पनि मधेसवादी दल राजपा र समाजवादीले कम्तिमा एकरएक सिट राष्ट्रियसभामा कायम राख्नेछन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धार्मिक पर्यटकको गन्तव्य बन्दै सन्तानेश्वर मन्दिर
२०८२ श्रावण ३, शनिबार
कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल अनुबन्धित
२०८२ श्रावण ३, शनिबार
काठमाडौं महानगरपालिकाद्वारा संस्थागत विद्यालयमा छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न
२०८२ श्रावण ३, शनिबार
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
२०८२ श्रावण ३, शनिबार
खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि प्रशिक्षण
२०८२ श्रावण ३, शनिबार
सशस्त्र प्रहरीको सक्रियतामा छ करोडभन्दा बढी मूल्यका सामान बरामद
२०८२ श्रावण ३, शनिबार
पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन
२०८२ श्रावण ३, शनिबार