जेठ ६, २०८१ आइतबार May 19, 2024

काँग्रेस नेता गच्छदार १० लाख रुपैयाँ धरौटीमा रिहा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः बालुवाटार जग्गा प्रकरणमा मुछिनुभएका पूर्वउपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार १० लाख रुपैयाँ धरौटीमा रिहा हुनुभएको छ ।

विशेष अदालतले गच्छदारलाई १० लाख रुपैयाँ धरौटीमा रिहा गरेको अदालतका प्रवक्ता पुष्पराज पाण्डेयले नेपालटीभी अनलाइनलाई जानकारी दिनुभयो ।

बुधबार भएको थुनछेक बहसपछि विशेष अदालतका अध्यक्ष न्यायाधीश प्रेमराज कार्की र सदस्यद्वय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलासले गच्छदारलाई १० लाख रुपैयाँ धरौटी बुझाउन आदेश दिएको थियो ।

गच्छदारविरुद्ध ९ करोड ६५ लाख ७६ हजार बिगो माग गर्दै अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

विशेष अदालतको म्याद बुझ्न अस्वीकार गर्दै आउनुभएका गच्छदार बुधबार आफैं अदालतमा उपस्थित हुनुभएको थियो । गच्छदारले पटक–पटक उपप्रधानमन्त्रीसहित महत्त्वपूर्ण मन्त्रालयको नेतृत्व गरिसक्नुभएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया