काठमाण्डौंः कोरोना शुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ४० लाख ७४ हजार नाघेको छ ।
जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा ४० लाख ७४ हजार ६८० जनाको मृत्यु भएको छ । विश्वभरी कूल सङ्क्रमितको संख्या १८ करोड ९४ लाख ७४ हजार ८६० जना रहेका छन ।
विश्वभर तीन अर्ब ५६ करोड ८१ लाख १३ हजार ५७४ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।
सबैभन्दा बढी संयुक्त राज्य अमेरिकामा छ लाख ८ हजार ८१३ जनाको मृत्यु भएको छ । ब्राजिलमा पाँच लाख ४० हजार ३९८ र भारतमा चार लाख १२ हजार ५३१ जनाको मृत्यु भएको जनाइएको छ । रासस-सिन्हा
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया