काठमाडौंः सत्तारुढ दल नेपाली काँग्रेस संसदीय दलको बैठक आज बस्दैछ । बैठक संसद भवन बानेश्वरमा दिउँसो २ बजे बस्ने नेपाली काँग्रेस संसदीय दलको सचिवालयले जनाएको छ ।
काँग्रेस संसदीय दलका नेता तथा पार्टीका सभापति शेरवहादुर देउवा प्रधानमन्त्री नियुक्त भएपछिको पहिलो बैठक हो ।
सभापति देउवा गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो ।
बैठकमा नयाँ सरकार निर्माणसँगै पार्टीको भूमिका, संसदमा सत्ता पक्षको हैंसियतमा निर्वाह गर्नुपर्ने कामका बारेमा छलफल हुने सचिवालयले जनाएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया