असार २५, २०८२ बुधबार July 9, 2025

अफगान सरकार र तालिवानीबीच वार्तालाई निरन्तरता दिने प्रतिवद्धता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः अफगान सरकार र तालिवानीहरुले वार्तालाई निरन्तरता दिने प्रतिवद्धता जनाएका छन् । कतारको दोहामा जारी वार्ताका क्रममा दुवै पक्षले युद्धविराम र सरकारी नियन्त्रणमा रहेका विद्रोही लडाकूको रिहाइलगायतका विषयमा आन्तरिक रुपमा थप छलफल गरेर सहमतिमा पुग्ने प्रतिवद्धता जनाएका हुन् ।

बैठकपछि संयुक्त रुपमा जारी गरिएको विज्ञप्तिमा शान्ति वार्तालाई निष्कर्षमा पुर्‍याउने प्रतिवद्धता जनाएका हुन् । उनीहरुले वार्ताका लागि दुवै पक्षले विश्वासको वातावरण बनाउन थप गृहकार्य गर्ने समेत जनाएका छन् ।

दुवै पक्षले लामो समयदेखि वार्ता गरिरहेका छन् । अमेरिकाले आफ्ना सेना फिर्ता बोलाउने निर्णय गरेलगत्तै दुवै पक्षबीच पटक पटक वार्ता भएको हो ।

सरकारसँग वार्ता जारी रहे पनि तालिवानी लडाकूहरुले अफगानिस्तानका चरा सय जिल्लामध्ये आधा भन्दा बढी आफ्नो नियन्त्रणमा रहेको बताउँदै आएका छन् । अमेरिकी सेना फिर्ता भए लगत्तै तालिवानीले सशस्त्र गतिविधि तीव्र पारेसँगै वार्ताका लागि सरकारलाई थप दवाव परेको थियो ।- एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार