श्रावण ३, २०८२ शनिबार July 19, 2025

युवासंघका कार्यकर्ताले माधव नेपाल बिरुद्ध प्रदर्शन सहित पुत्ला जलाए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको केपी शर्मा ओली निकट युवा संघले वरिष्ठ नेता माधव कुमार नेपाल विरुद्ध प्रदर्शन सहित पुत्ला दहन गरेको छ ।

सोमबार यवा संघका कार्यकर्ताले नेता नेपालको निर्वाचन क्षेत्र काठमाडौँ–२ मा प्रदर्शन सहित पुतला दहन गरेको हो ।

युवा संघले नेपाल पक्षले आइतबार प्रतिनिधिसभामा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएको विरोधमा प्रदर्शन गरेको हो । विरोधमा युवा संघले नेता नेपालको सांकेतिक शव बनाएर जलाएको छ ।

प्रतिनिधि सभामा एमालेका २२ जना सांसदले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया