जेठ ६, २०८१ आइतबार May 19, 2024

फ्लोर क्रस गर्ने २२ जनालाई स्पष्टीकरण सोध्ने एमाले केन्द्रीय कमिटीको निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रमुख विपक्षी दल नेकपा एमालेले प्रधानमन्त्रीलाई विश्वासको मत लिने प्रस्तावमा फ्लोर क्रस गर्ने २२ जना सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासलमा सोमबार बसेको केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाको विश्वासको मतको पक्षमा मत दिने २२ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए ।

केन्द्रीय कमिटी बैठकले पार्टी एकताका लागि गठन गरेको संयुक्त कार्यदलले तयार गरेको १० बुँदे एकता प्रस्ताव पारित गरेको छ ।

बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालसँग पार्टी एकता सम्भव नभएको दोहो¥याउनुभएको थियो । ‘कार्यदलका नेताहरुसँग नै उहाँले प्रतिवेदन अस्वीकार गर्नुभएको छ,’ अध्यक्ष ओलीको भनाइ छ ।

अध्यक्ष ओलीले एमाले संसदको सबैभन्दा ठूलो पार्टी रहेको भन्दै लोकतान्त्रिक ढंगबाटै आफ्ना क्रियाकलापहरु जारी राख्ने बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
संसदीय छानबिन समिति नबनेसम्म प्रधानमन्त्रीलाई विश्वासको मत लिन दिन्नौं : गगन थापा
२०८१ जेठ ६, आइतबार
यान्त्रिक चेकिङ्गमा ७४ जना चालक कारबाहीमा
२०८१ जेठ ६, आइतबार
प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक भोलि बस्ने
२०८१ जेठ ६, आइतबार
टीकापुरका तत्कालीन मालपोत र नापीप्रमुखसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२०८१ जेठ ६, आइतबार
प्रधानमन्त्रीले लिने विश्वासको मतमा जसपा सांसद सहभागी नगराउन उपेन्द्रको सर्वोच्चमा रिट
२०८१ जेठ ६, आइतबार
राष्ट्रिय सभाको बैठक भोलिसम्मका लागि सर्यो
२०८१ जेठ ६, आइतबार
रुसले युक्रेनमा आक्रमण बढाउन सक्ने जेलेन्स्कीको आकलन
२०८१ जेठ ६, आइतबार