श्रावण ३, २०८२ शनिबार July 19, 2025

माधव नेपाल, प्रचण्ड र उपेन्द्र यादवबीच बन्यो यस्तो ग्र्याण्ड डिजाईन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव एमालेका बरिष्ट नेता माधव कुमार नेपालको निवाश पुगेका छन् ।

संसदबाट प्रधानमन्त्री शेर बहादुर देउवाले विश्वासको मत पाएपछी मन्त्रालयको भागबण्डाको बिषयमा छलफल गर्न अध्यक्षद्वय माधव नेपाल निवाश कोटेश्वर पुगेका हुन् ।

मंगलबार बिहान सवा ८ बजे अध्यक्ष प्रचण्ड उपेन्द्र यादवलाई लिएर माधव नेपालको कोटेश्वर स्थित निवाशमा पुगेका हुन् । उनीहरुबीच देउवा नेतृत्वको सरकारमा सहभागिताका बिषयमा पौनेघण्टा छलफल भएको बताइएको छ ।

जनता समाजबादीको उपेन्द्र समुहले देउवाले बिश्वासको मत पाएपछी मात्रै सरकारमा सहभागी हुने बताएका थिए । उता माधव नेपाल समुह तत्काल सरकारमा सहभागी नुहने बताउदै आएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया