श्रावण ३, २०८२ शनिबार July 19, 2025

महाधिवेशनका लागि ‘डिजिटल भोटिङ’ गर्न प्रविधि निर्माण गरेको काँग्रेसको दाबी (विज्ञप्ती)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सत्तारुढ दल नेपाली कांग्रेसले कोरोना महामारीको अवस्था कायमै रहेपनि आगामी १४ औँ महाधिवेशन डिजिटल माध्यमबाट गर्न सकिने प्रविधि निर्माण गरेको छ ।

कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले पार्टीको महाधिवेशनका लागि केन्द्रीय समितिले आवश्यक ठानेमा ‘डिजिटल भोटिङ’ को प्रविधि सुनिश्चितता गरेको जनाएको हो ।

गत असार २४ र २५ गते भौतिक र भर्चुअल दुबै प्रक्रियाबाट सम्पन्न बैठकले ‘डिजिटल भोटिङ’ को अवधारणालाई अन्तिम रुप दिएको कांग्रेसले जनाएको छ ।

कोरोना महामारी कायमै रहेको अवस्थामा केन्द्र र प्रदेशको ‘डिजिटल भोटिङ’ गर्न सकिने व्यवस्था रहेको बताइएको छ । कोरोना महामारी न्यून भएमा भने महाधिवेशन भौतिक रुपमै गर्न सकिने तर कोरोना संक्रमणको जोखिम बढेको अवस्थामा पूर्व निर्धारित तालिका अनुसार महाधिवेशन गर्ने व्यवस्था गरिएको बताइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया