श्रावण २, २०८२ शुक्रबार July 18, 2025

४४ मेगापिक्सेलको सेल्फी क्यामेरासहित ‘भिभो २१’ नेपाली बजारमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः चिनियाँ स्मार्टफाेन ब्राण्ड भिभोले ‘भी २१’ स्मार्टफोन नेपाली बजारमा ल्याएको छ । यसको क्षमता उच्चस्तरीय हुनका साथै ग्राहकको अभिरुचि अनुसारको सुपथ मूल्य निर्धारण गरिएको कम्पनीले जनाएकाे छ ।

यो नयाँ पुस्ताको स्मार्टफोन बजारमा निकै प्रतीक्षा गरिएको डिभाइस हो । यसको सेल्फी खिच्ने फ्रन्ट क्यामेरा विशेष मानिएको छ । स्मार्टफोनमा आकर्षक अप्टिकल इमेज स्टेबलाइजेसन (ओआईएस) भएको फ्रन्ट क्यामेरा जडान गरिएको छ ।

स्लिक र स्लिम डिजाइनमा उपलब्ध भी २१ मा नयाँ अनुभव प्रदान गर्ने गरी आधुनिक प्रविधि समावेश गरिएको कम्पनीले जनाएकाे छ । फाेनमा ४४ मेगापिक्सेल ओआईएस नाइट सेल्फी प्रणालीको फ्रन्ट क्यामेरा राखिएको छ, जसले कम प्रकाशमा राम्रो फोटो निकाल्न सक्दछ ।

यसबाट प्रयोगकर्ताले राम्रो सन्तुष्टि लिन सक्नेछन् भने ६४ मेगापिक्सेल ओआईएस नाइट क्यामेराले उच्चस्तरको फोटोग्राफीको अनुभव प्रदान गर्दछ । ओआईएसले अल्ट्रास्टेबल भिडियो आदि तयार गर्न पनि मद्दत गर्दछ । अर्काेतर्फ अतिरिक्त विशेषता भएको वाइड एंगल फोटोग्राफी र म्याक्रो फोटोग्राफी लिन सकिन्छ ।

भी २१ ले पावर कनेक्टिभिटी र स्पिडले आधुनिक उच्च प्रविधिसँग परिचित र अतिरिक्त क्षमता खोज्ने ग्राहकहरुलाई समेत सन्तोष प्रदान गर्ने जनाइएकाे छ । यसको विशेष प्राविधिक क्षमताले गर्दा ग्राहकहरुले वरिपरिको वातावरण र घटनालाई आफ्नो स्मार्टफोनमा क्याप्चर गर्न सक्छन् ।

भी २१ म विभिन्न विशेषता रहेका छन् । यसले दोहोरो दृश्य भिडियो खिच्न सक्दछ । जसमा आर्ट फोटोहरु समावेश गर्न सकिन्छ । ७.२९ मिलिमिटर बनोट रहेको यो फोन स्टाइलिस्ट र सोफिस्टिकेटेड समेत छ ।

यो स्मार्टफोन एमटीके डाइमेन्सिटी ८०० यु प्रोसेसर मा चल्दछ भने यसमा ९० हर्जको डिस्प्ले रिफ्रेस रेट रहेको छ । यसमा ३३ वाटको फ्ल्यास चार्ज उपलब्ध छ ।

एन्ड्रोइड ११ मा आधारित यो फोन फोरजी र फाइभजी दुवै अप्सनका साथ बजारमा आएको छ । तर नेपालमा भने फाइभजी सुविधाको फोन मात्र उपलब्ध गराइएकाे छ । नेपाली बजारमा याे फाेनकाे मूल्य ४९,९९९ रूपैयाँ ताेकिएकाे छ । – टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार