काठमाडौंः प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता भएको छ । महासचिव विप्लव प्रधानमन्त्री देउवासँग भेटवार्ता गर्न वार्ता टोलीका प्रतिनिधी सहित प्रधानमन्त्री निवाश बालुवाटार पुगेका हुन् ।
भेटमा विप्लव नेतृत्वको नेकपा र अघिल्लो ओली नेतृत्वको सरकारबीच भएको तीन बुँदे सहमति कार्यान्वयनको विषयमा छलफल भएको बताइएको छ । त्यस क्रममा प्रधानमन्त्री देउवाले तीन बुँदे सहमति कार्यान्वयनमा सरकार प्रतिवद्ध रहेको बताएका थिए।
पछिल्लो समय नेकपा महासचिव विप्लवले प्रमुख राजनीतिक दलका शिर्ष नेताहरुलाई दिनका दिन भेटघाटलाई तीब्र बनाईरहेका बेला प्रधानमन्त्री देउवासँग बुधबार भेटवार्ता भएको हो ।
उनले यसअघि नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका बरिष्ट नेता माधवकुमार नेपाल, जनता समाजबादी पार्टीका संघिय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई, नेकपा क्रान्तिकारी माओबादीका महासचिव मोहन बैद्य किरण तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुसँग भेटवार्ता गरिसकेका छन्।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया