वैशाख १४, २०८१ शुक्रबार April 26, 2024

भारतको नागरिकता विधेयक राज्यसभाबाट पनि पास,ठाउँठाउमा हिंसात्मक आन्दोलन चर्किंदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । भारतको राज्यसभाबाट पनि नागरिकता संशोधन विधेयक पास भएको छ । यद्यपि यसको विरोधमा बिभिन्न स्थानमा आन्दोलन चर्र्र्किएकाले कर्फ्युसमेत लगाउनु परेको छ ।

सोमबार विधानसभाबाट पारित भइसकेको नागरिकता विधेयक बुधबार राज्यसभाबाट पनि पारित भएको हो । विधेयकको पक्षमा १२६ र विपक्षमा १०५ मत परेको थियो । त्यसअघि करिब आठ घण्टासम्म विधेयकमा बहस भएको थियो ।
प्रधानमन्त्री नरेन्द्र मोदीले यो कानुनबाट वर्षौंदेखि उत्पीडनमा परेकाहरुको पीडा अन्त्य गर्ने दाबी गरेका छन ।

यस्तै भाजपाका अध्यक्ष एवम् केन्द्रीय गृहमन्त्री अमित शाहले राजनीति गर्न तर देशलाई धर्मको नाममा विभाजन नगर्न आह्वान गर्दै भने, ‘यसको आगोले आफ्नै घरलाई जलाउँछ ।’
नागरिकता विधेयकमा भारतसँग सीमा जोडिएका अफगानिस्तान, बंगलादेश र पाकिस्तानबाट धार्मिकरुपमा प्रताडित भएर भारतमा शरण लिँदै आएका हिन्दु, बौद्ध, शिख, जैन, फारसी र क्रिश्चियनलाई भारतको नागरिकता दिने उल्लेख छ । यसमा मुस्लिम उल्लेख छैन । विपक्षी दलहरुले मुस्लिम समुदायलाई सरकारले भेदभाव गरेको भनेर विरोध गर्दै आएका छन् । उनीहरुले यो विधेयक भारतीय संविधानको धारा १४ को समानताको हकसम्बन्धी व्यवस्था विपरीत भएको तर्क गरेका छन् ।

गुवाहाटीमा हिंसात्मक प्रदर्शन

मोदी नेतृत्वको सरकारले नागरिकता संशोधन विधेयक ल्याएलगत्तै भारतमा फैलिएको आक्रोश राज्यसभाबाट पनि पारित भएपछि थप चर्किएको छ । बुधबार आन्दोलन चर्किंदै गएपछि आसामको गुवाहाटीमा साँझदेखि अनिश्चितकालका लागि कर्फ्यु लगाइएको छ । प्रदर्शनकारीले त्यहाँको चबुआ र पनीटोला रेल स्टेशनमा तोडफोड तथा आगजनी गरेका छन् । अन्य केही सवारी साधनमा पनि आगजनी भएको छ ।

स्थानीय प्रशासनले सेनालाई उच्च सतर्कतामा राखेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । आसामको गुवाहाटी, राजधानी दिसपुर तथा संकटग्रस्त क्षेत्रमा केन्द्रीय १० कम्पनी अर्धसैनिक बल र राज्य सुरक्षा बललाई तैनाथ गरिएको छ । डिब्रुगढ र तिनसुकिया रेल स्टेशनमा उच्च सतर्कता अपनाइएको छ । कतिपय जिल्लामा इन्टरनेट सेवासमेत बन्द गराइएको भारतीय मिडियाहरुले लेखेका छन् ।

प्रदर्शनकारीले बुधबार दिनभर केन्द्र र राज्य सरकारविरुद्ध नाराबाजी गर्दै नागरिकता विधेयक विनासर्त फिर्ता गर्न माग गरेका थिए । उनीहरुले सडकमा टायर बालेर यातायात आवागमन अवरुद्ध पारेका थिए । स्थिति नियन्त्रणमा लिन प्रहरीले रबरका गोली र अश्रुग्यास प्रहार गरेको थियो ।
विधेयकको विरोधमा आसामका बिभिन्न स्थानमा हिंसात्मक घटनाहरु भएका छन् । प्रहरीको हस्तक्षेपबाट विद्यार्थीहरुसहित कम्तिमा २५ जना प्रदर्शनकारी घाइते भएका छन् ।

गुवाहाटीबाट प्रकाशित हुने दैनिक पत्रिका पूर्वोदयका सम्पादक रविशंकर रविले बीबीसँग भनेका छन्, ‘यो आन्दोलनलाई साहित्य, कला र सँस्कृतिसँग जोडिएका मानिसहरुले समेत समर्थन गरेका छन् । यस्तो लाग्छ यहाँका हरेक व्यक्ति आन्दोलित छन् ।’ सम्पादक रविशंकरका अनुसार प्रदर्शन चर्किएपछि गुवाहाटी र डिब्रुगढ विश्वविद्यालयका परीक्षा पनि स्थगित भएका छन् ।

विरोध प्रदर्शनका कारण बुधबार आसामका मुख्यमन्त्री सर्बानन्द सोनोवाल गुवाहाटी विमानस्थलमा धेरै बेरसम्म रोकिन बाध्य भएका थिए । सोनोवाल तेजपुरबाट आसामको राजधानीस्थित गोपीनाथ बोरदोलोई अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका थिए । तर विरोध प्रदर्शनका कारण उनी धेरै बेरसम्म विमानस्थलको भीआईपी कक्षमै रोकिन बाध्य भएको स्थानीय सञ्चार माध्यमले लेखेका छन् ।

यसरी चर्कियो आन्दोलन

लोकसभा नागरिकता विधेयक पेस हुनासाथ नर्थ इस्ट स्टुडेन्ट्स् अर्गनाइजेसन (नेसो) नामक संगठनले १० डिसेम्बरमै पूर्वोत्तर क्षेत्र बन्द आह्वान गरेको थियो । त्यस दिन आसाम, त्रिपुरा, मेघालयसहितका अधिकांश स्थान ११ घण्टासम्म बन्द रहे । यो बन्दलाई अल आसाम युनियन (आसु) र अल आसाम गोरखा स्टुडेन्ट्स् युनियन समेतका धेरै संगठनहरुले समर्थन गरे । बन्दका कारण गुवाहाटी, डिब्रुगढ, तिनसुकिया, जोरहाटका साथै मेघालय, त्रिपुराका लगायतका विभिन्न शहर ठप्प रहे । साँझ परेपछि पसलहरु खुले र स्थिति सामान्यतर्फ फर्कियो ।
त्यसको भोलिपल्ट अर्थात ११ डिसेम्बर बुधबारको दिन बिहानपख जनजीवन अन्य दिनको जस्तै सामान्य थियो । तर, मध्याह्न १२ बजेपछि गुवाहाटीका फेन्सी बजार, क्रिश्चियन बस्ती, नेटपी हाउस, गुवाहाटी विश्वविद्यालय, चाँदमारी, पल्टन बजार जस्ता क्षेत्रबाट विद्यार्थीहरुको अलग–अलग समूह नागरिकता विधेयकको विरोधमा उत्रिएको देखियो ।

उनीहरुले आसामको राजधानी ‘दिसपुर जाऔं’ भन्दै मार्चपासको आह्वान गरे । केबल दुई घण्टाभित्रै गुवाहाटी–शिलोङ्ग सडकखण्ड ९जीएस रोड०मा हजारौं प्रदर्शनकारी जम्मा भए । उनीहरुले प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहको पुत्ला जलाए । दर्जनौं स्थानमा आगजनी भयो । सडकमा टायर बालेर यातायात पूर्णरुपमा ठप्प पारियो । सवारी साधनहरुको कयौं किलोमिटर लामो जाम भयो । त्यसपछि प्रहरीले लाठी चार्ज गरेर सडक खुलाउने प्रयास गर्‍यो ।

यति गर्दा पनि प्रदर्शनकारीको आक्रोश कम भएन । उनीहरुको भिड झन् बढ्यो । बीबीसी लेख्छ, ‘साँझ परेपछि स्थिति झन् बिग्रियो । यस्तो लाग्यो मानौं हरेक स्थानमा आगो लागेको छ ।’ रात परेपछि जताततै आगोको मुस्लो देखिन थाल्यो भने फायरिङ र विष्फोटको आवाज सुनिन थाल्यो ।

कसले गरिरहेको छ आन्दोलनको नेतृत्व ?

अल आसाम गोर्खा स्टुडेन्ट्स युनियनका अध्यक्ष प्रेम तामाङले बीबीसीसँग भनेका छन्, ‘बन्दको आह्वान कुनै पनि संगठनले गरेको थिएन । यो स्वतः स्फूर्त भएको हो । नेतृत्व पनि कसैले गरेको छैन । यो जनआन्दोलन हो । नागरिकता विधेयकका कारण आसामको विरासत र एकतामा संकट आउँछ भन्ने लागेर जनताले आन्दोलन गरिरहेका छन् ।’

जीएस रोडको प्रदर्शनमा सहभागी पंकज हातकरले भनेका छन्, आसामका जनता पहिलेदेखि नै धेरै समस्यामा छन् । अब सरकारले बाहिरका व्यक्तिलाई पनि भारतको नागरिकता दियो भने हामी कहाँ जाने ? हामी त पहिलेदेखि नै बेरोजगारीको समस्याबाट जुधिरहेका छन् ।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेसलाई वर्ग शत्रु ठानेर अगाडि बढे पार्टी सकिन्छ – अध्यक्ष नेपाल
२०८१ वैशाख १५, शनिबार
धरौटी बुझाएपछि रिहा भए दिपेश पुन
२०८१ वैशाख १४, शुक्रबार
वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिममा चार खेलाडी थपिए
२०८१ वैशाख १४, शुक्रबार
संसद्लाई प्रभावकारी बनाए मात्र सङ्घीयता कार्यान्वयनमा सहजता : सभामुख
२०८१ वैशाख १४, शुक्रबार
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
२०८१ वैशाख १४, शुक्रबार
जिल्ला लिग फुटबलको तेस्रो संस्करण वैशाख–१५ गतेदेखि
२०८१ वैशाख १४, शुक्रबार
निरजलाई सूर्य नेपाल काठमाडौं ओपनको उपाधि
२०८१ वैशाख १४, शुक्रबार