श्रावण १, २०८२ बिहिबार July 17, 2025

रु डेढ खर्ब लगानीका उद्योग दर्ता, महामारीका कारण घट्यो उद्योग दर्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं: नेपालमा एक वर्षका अवधिमा रु डेढ खर्ब स्वदेशी लगानीका उद्योग दर्ता भएका छन् ।

आर्थिक वर्ष २०७७-७८ मा रु एक खर्ब ५६ अर्ब ६४ लाखको लगानीमा विभिन्न छ शीर्षकका २०३ उद्योग दर्ता भएका उद्योग विभागको तथ्याङ्कमा उल्लेख छ ।

कृषि तथा वन पैदावारमा आधारित २१ उद्योगमा रु पाँच अर्ब ३४ करोड ८० लाख, ३० ऊर्जामूलक उद्योगमा रु एक खर्ब ९ अर्ब ९७ करोड ४० लाख र सूचना, सञ्चार तथा प्रसारण प्रविधिमा आधारित छ उद्योगमा रु ८० करोड लगानी रहेको छ ।

यस्तै, पूर्वाधारका दुई उद्योगमा रु एक अर्ब ७३ करोड ८० लाख, उत्पादनमूलक ७० उद्योगमा रु १९ अर्ब ५२ करोड ४० लाख, खनिज क्षेत्रको एक उद्योगमा रु १२ करोड ३० लाख, सेवामूलक ३३ उद्योगमा रु पाँच अर्ब ६४ करोड पाँच लाख र पर्यटनसँग सम्बन्धित ४० उद्योगमा रु १३ अर्ब ४८ करोड ५ लाख लगानी छ ।

घट्यो उद्योग दर्ता

कोरोना महामारीका कारण अघिल्लो वर्षको तुलनामा गत वर्ष उद्योगको सङ्ख्यामा कमी आएको छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा लगानी रकममा केही वृद्धि भए पनि उद्योग दर्ताको सङ्ख्यामा भने कमी आएको विभागका सूचना अधिकारी ज्ञानेन्द्र पराजुलीले जानकारी दिए ।

उनका अनुसार अघिल्लो आवमा मा रु एक खर्ब ५२ अर्ब ६२ करोडभन्दा बढीको लगानीमा २७७ वटा स्वदेशी उद्योग दर्ता भएका थिए। अघिल्लो वर्षको तुलनामा गत आवमा ७४ ले उद्योग दर्तामा कमी आएको हो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला फुटबलर साम्बाले अष्ट्रेलियाको ए लिग खेल्ने
२०८२ श्रावण १, बिहिबार
साफ महिला यू-२० च्याम्पियनसिपमा श्रीलंकाविरुद्धको खेलमा नेपाल विजयी
२०८२ श्रावण १, बिहिबार
‘बेहडाबाबालाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आवश्यक’
२०८२ श्रावण १, बिहिबार
उद्योग पूर्वाधार तयार नगरी औद्योगिकीकरण सम्भव छैन : मन्त्री भण्डारी
२०८२ श्रावण १, बिहिबार
श्रमिकको न्यूनतम पारिश्रमिक रु. १९ हजार ५५० हुने
२०८२ श्रावण १, बिहिबार
प्रेमराजा महतको ‘अहिलेको तीजैमा’ सार्वजनिक, सुनिता दुलालको साथमा नयाँ तीज धमाका (भिडियो)
२०८२ श्रावण १, बिहिबार
अफगान शरणार्थीहरू पाकिस्तानमा गिरफ्तारीको डरले अस्पताल छाड्दै
२०८२ श्रावण १, बिहिबार