असार २५, २०८२ बुधबार July 9, 2025

अफगानिस्तानमा शान्तिका लागि नयाँ सरकार गठन हुनुपर्ने तालिबान समूहको दावी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता लाने प्रक्रिया अघि बढाइएको भनी समाचारहरू आइरहेका समयमा यहाँ द्वन्द्वरत तालिबान समूहले अफगानिस्तानको शान्तिका लागि नयाँ संयुक्त सरकार गठन आवश्यक भएको बताएको छ ।

अमेरिकी सेनाको आगमनसँगै करिब दुई दशकदेखि आफ्ना गतिविधिलाई आफ्नो प्रभाब क्षेत्र र ग्रामिण इलाकामा चलाउँदै आएको तालिबान समूहका एक नेताले एपीसँगको कुराकानीमा तालिवानको चाहना अफगानिस्तानको सत्तामा एकल नेतृत्व नरहेको तर वर्तमान सरकार नहटेसम्म शान्ति कायम भने नहुने बताए । शान्ति स्थापनाका लागि नयाँ सरकार गठन हनु पर्ने र राष्ट्रपति अशरफ घानीले पद छोड्नु पर्ने तालिबानले माग गरेको छ ।

अमेरिकी समाचार संस्था एसोसिएटेड प्रेस (एपी) सँगको अन्तर्वार्तामा तालिबानमा प्रवक्ता सुहेल शाहीनले अफगानिस्तानको भविष्यलाई लिएर तालिबानको अडान स्पष्ट पार्नुभएको हो ।

तालिवानले विभिन्न देशसँग गरिरहेको वार्ताको प्रतिनिधिमण्डलका सदस्य समेत रहेका शाहीनले एपीसँग भन्नुभयो, “वार्ताको माध्यमबाट सबै पक्षलाई स्वीकार्य हुने सरकारको वातावरण बनेको र अशरफ घानीको सरकार हटेमा मात्रै तालिबानले हतियार बिसाउने छ ।

तालिबानको स्पष्ट धारणा के हो भने हामी सत्तामा एकाधिकार चाहँदनौं किनकी विगतमा जतिपनि सरकारले सम्पूर्ण शक्ति आफ्नो हातमा लिने प्रयास गरे उनीहरु सबै असफल बने ।” तालिबान असफल बन्न चाहन्न । सरकार र विपक्षीको मिलनविन्दु नयाँ समीकरणसहितको संयुक्त सरकार हुनसक्ने उहाँले बताउनुभयो ।

विगतमा तालिबान नेतृत्वको सरकारलाई पनि असफल भएको स्वीकार्दै फेरि पनि त्यहि फर्मुला दोहो¥उाउन नचाहेको शाहीनले बताउनुभयो ।

राष्ट्रपति अशरफ घानीका सम्बन्धमा कुनै पनि सम्झौता नगर्ने तालिबानको धारणा रहेको छ ।  मङ्गलबार बकरीदको अवसरमा राष्ट्रपति घानीले आफ्नो भाषणको क्रममा तालिबानमाथि देशब्यापी आक्रमण गर्ने बताउनुभएको थियो । प्रतिउत्तरमा तालिबानले घानीलाई ‘युद्धका व्यापारी’ को सज्ञा दिएको थियो ।

तालीबान नेता शाहिनले घानीले सन् २०१९ को निर्वाचनमा धाँधली गरी सत्तामा पुगेको दावी गर्दै जनमत अर्कैतिर रहेको दावी गर्नुभयो । देशमा शासन गर्ने अधिकार घानीले गुमाइसकेको उहाँको तर्क थियो ।

तत्कालिन निर्वाचनमा घानी र उहाँका प्रतिस्पर्धी अब्दुल्लाह अब्दुल्लाह दुबैले जितको दाबी गर्नुभएको थियो । पछि सत्ता समीकरण बन्दा दुईबिच सम्झौता भएको थियो । सम्झौता अनुसार अब्दुल्लाहलाई सरकारमा दोस्रो नम्बरको स्थान दिइयो र वार्ता समितिको प्रमुख बनाइएको थियो ।

अफगानिस्तानबाट अमेरिकी तथा नेटो सैनिकको अन्तिम समूहहरु फिर्ता हुने क्रम जारी रहँदा तालिबानले आफ्नो पकड बिस्तार गर्दै लगेको छ। हालै अमेरिकी सैनिकका उच्च अधिकारी जनरल मार्क मिलीले रक्षा मन्त्रालय पेन्टागनमा भएको पत्रकार सम्मेलनमा तालिबानले रणनीतिक बिस्तार हाँसिल गरेको बताउनुभएको थियो । (रासस-एपी)

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार