श्रावण १, २०८२ बिहिबार July 17, 2025

नेप्से हालसम्मकै उच्च बिन्दुमा, बजार पूँजीकरण ४३ खर्ब नजिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

 काठमाडौंः नेपाल राष्ट्र बैंकले सोमबार जारी गरेको एकीकृत निर्देशिकाको असर वाणिज्य बैंक तथा लघुवित्त संस्थाको शेयरमा परे पनि नेप्से परिसूचक हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । आजको कारोवारपछि नेप्सेले नयाँ उचाइ कायम गरेको छ ।

यस्तै, बजार पूँजीकरण पनि हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आजको कारोवारपछि बजार पूँजीकरण रु ४२ खर्ब ८३ अर्ब ९४ करोड ३२ लाख ३० हजार बराबर पुगेको छ । बजार पूँजीकरण नेपालको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) भन्दा धेरै माथि पुगेको छ । लगानीकर्ताको ध्यान आज विशेष गरी जीवन बीमा, उत्पादन, निर्जीवन बीमा र जलविद्युत् उपसमूहको शेयरमा परेको नेप्सेको विवरणबाट देखिन्छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २९.२४ बिन्दुले बढेर तीन हजार ७९.६७ मा पुगेको छ । यो हालसम्मकै उच्च बिन्दु भएको हो । यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.१९ बिन्दुले बढेर ५७४.३० मा पुगेको छ । कूल २२५ कम्पनीको तीन करोड २३ लाख ५५ हजार २६० कित्ता शेयर रु १५ अर्ब १७ करोड छ लाख ५१ हजार ६४३ मूल्यमा खरिद बिक्री भए ।

कारोवार भएका १३ उपसमूहमध्ये चार उपसमूहको शेयर मूल्य ओरालो लागेको छ भने नौ उपसमूहको शेयरमा वृद्धि भएको छ । केन्द्रीय बैंकले सोमबार बैंक तथा लघुवित्त संस्थाको लाभांश वितरणमा कडाइ गर्ने निर्देशिका जारी गरेपछि बैंकिङ २.६३ र लघुवित्त उपसमूहको शेयर ११६.६६ बिन्दुले घटेको छ । यस्तै, व्यापार २.५७ र होटल तथा पर्यटन १८.७७ बिन्दुले ओरालो लागेको छ ।

विकास बैंक ३५.५७, जलविद्युत् ११९, वित्त ७१.०४, निर्जीवन बीमा १२०.२६, उत्पादन ३०५.१८, अन्य ६०.३४, जीवन बीमा २६०.०८, सामूहिक लगानी कोष ०.१३ र लगानी उपसमूहको शेयरमा ३.०५ बिन्दुले बढेको छ । कारोवारका आधारमा एनआइसी एशिया बैंक शीर्ष स्थानमा रहेको छ ।

सो बैंकको रु ४९ करोड १५ लाख ५० हजार ७५५ बराबरको कारोवार भयो । यस्तै, अपिपावर कम्पनी रु ४८ करोड ३२ लाख एक हजार ४१४, युनाइटेड मोदी रु ३६ करोड २४ लाख ४० हजार ५३०, सानिमा माई हाइड्रोपावर रु ३५ करोड २८ लाख ५७ हजार ४९७ र नेशनल हाइड्रोपावर रु ३४ करोड ७७ लाख आठ हजार ५७० बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

नेप्सेका अनुसार मल्टिप्रपोज फाइनान्स, खानीखोला हाइड्रोपावर, युनाइटेड मोदी, नेपाल हाइड्रो डेभलपर, जोशी हाइड्रो पावर घलेम्दी हाइड्रोपावर, हिमालयन ऊर्जा विकास कम्पनी, जानकी फाइनान्स र युनिभर्सल पावरको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

ती कम्पनीको शेयरमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको हो । त्यस्तै, सपोर्ट माइक्रोफाइनान्स ५.७७, उन्नति सहकार्य लघुवित्त ४.६८, जनउत्थान सामुदायिक लघुवित्त ४.०६, स्वाभिमान लघुवित्त ३.९६ र समता घरेलु लघुवित्तका लगानीकर्ताले ३.८१ प्रतिशतले गुमाए । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला फुटबलर साम्बाले अष्ट्रेलियाको ए लिग खेल्ने
२०८२ श्रावण १, बिहिबार
साफ महिला यू-२० च्याम्पियनसिपमा श्रीलंकाविरुद्धको खेलमा नेपाल विजयी
२०८२ श्रावण १, बिहिबार
‘बेहडाबाबालाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आवश्यक’
२०८२ श्रावण १, बिहिबार
उद्योग पूर्वाधार तयार नगरी औद्योगिकीकरण सम्भव छैन : मन्त्री भण्डारी
२०८२ श्रावण १, बिहिबार
श्रमिकको न्यूनतम पारिश्रमिक रु. १९ हजार ५५० हुने
२०८२ श्रावण १, बिहिबार
प्रेमराजा महतको ‘अहिलेको तीजैमा’ सार्वजनिक, सुनिता दुलालको साथमा नयाँ तीज धमाका (भिडियो)
२०८२ श्रावण १, बिहिबार
अफगान शरणार्थीहरू पाकिस्तानमा गिरफ्तारीको डरले अस्पताल छाड्दै
२०८२ श्रावण १, बिहिबार