श्रावण ३, २०८२ शनिबार July 19, 2025

अब ब्लुबुक साथमा बोक्नु नपर्ने, क्यूआर कोड स्क्यान गरे पुग्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः अब ब्लुबुक साथमा बोक्नु नपर्ने भएको छ । सेवाग्राहीले आवश्यक परेको समयमा क्यूआर कोड स्क्यान गरेरै सेवा लिन सक्ने गरी शुक्रबार यातायात व्यवस्था सूचना प्रणाली कार्यान्वयनमा आएको छ ।

सेवाग्राहीले आफ्ना विवरण अनलाइनबाटै हेर्न, राजस्व तिर्न, बीमा गर्न एवं नवीकरण गर्न सक्ने गरी बागमती प्रदेशले अनलाइन प्रणाली सुरु सञ्चालनमा ल्याएकाे हाे । याे प्रणालीअन्तर्गत अनलाइनबाटै ट्राफिक प्रहरीले मोबाइल एप प्रयोग गरी सेवाग्राहीकाे भुक्तानीसम्बन्धी विवरण चेकजाँच गर्नसक्ने सुविधा पनि छ ।

‘ब्लुबुक बोकेर हिँड्नुपर्ने झन्झटबाट मुक्ति पाएका छौं,’ बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव सञ्जिव बरालले भने, ‘सेवा दिने र लिने दुवै अनलाइन प्रणालीमा आबद्ध भएपछि अब सेवा प्रवाहमा सहजता आउनेछ ।’

राजस्व भुक्तानीपछि प्राप्त हुने क्यूआर कोडका आधारमा ट्राफिक प्रहरीले मोबाइल एपको प्रयोग गरी भुक्तानी विवरण चेकजाँचका गर्न सकिने उनले बताए ।

‘यो प्रणालीमा सेवाग्राही आफैंले राजस्वको विवरण हेर्न मिल्ने सिस्टम छ, जसमा ट्याक्स क्यालकुलेटर मोड्युल राखिएको छ,’ उनले भने, ‘घरबाटै मोबाइल एप वा मन्त्रालयको टीआईएमएसमा गएर विवरण हेर्न, राजस्व तिर्न, बीमा गर्न, ट्राफिक प्रहरीले माेबाइल एपबाट सेवाग्राहीकाे विवरण चेकजाँच गर्न र अनलाइनबाटै ई-टोकन लिई तोकिएको समयमा कार्यालयमा गई सेवा लिन सकिने सुविधा याे प्रणालीमा छ ।’ – टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार