काठमाण्डौं: नेपालमा शनिबार थप ३ हजार १ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको ९ हजार २ सय ६३ पिसिआर परिक्षणका क्रममा २ हजार २ सय ८० र ४ हजार २ सय ५६ एन्टीजेन परिक्षणका क्रममा ८२६ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै थप २३ जनाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हालसम्म ९ हजार ८ सय ५७ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । यस्तै थप १ हजार ९ सय १६ संक्रमित निको हुँदा हालसम्म ६ लाख ५४ हजार १७७ संक्रमित निको भएका छन् ।
हालसम्म नेपालमा ३६ लाख ३ हजार ४६५ पिसिआर र ३ लाख १८ हजार ३६७ वटा एन्टीजेन परिक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया