काठमाडौं: पाकिस्तानमा कोभिड १९ को सङ्क्रमणमा बृद्धि भएको छ । गएको चौबीस घण्टामा पाकिस्तानमा करिब पाँच हजार कोरोना सङ्क्रमितको पुष्टि भएको छ ।
थपिएका सङ्क्रमितसँगै पाकिस्तानमा कोरोनाभाइरसका कुल सङ्क्रमित दश लाख २९ हजार ८११ पुगेको छ ।
गएको चौबीस घण्टामा प्रति एक सय नमूना परीक्षण गर्दा ८.४६ को रिपोर्ट पोजेटिभ आएको छ । पाकिस्तानको एनसीओसीले ट्वीट गर्दै गएको चौबीस घण्टामा ५८ हजार ४७९ नमूना परीक्षण गर्दा चार हजार ९५० मा पुष्टि भएको र ६५ जना सङ्क्रमितको मृत्यु भएको जनाएको छ ।
पाकिस्तानमा हाल कोरोनाका सक्रिय सङ्क्रमितको संख्या ६० हजार नाघेको छ । – एजेन्सी
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया