श्रावण ५, २०८२ सोमबार July 21, 2025

कोरोना खोप लगाएको प्रमाणपत्र निशुल्क दिन अस्पतालहरुलाई स्वास्थ्य मन्त्रालयको निर्देशन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः स्वाथ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ विरुद्धको खोप लगाएको प्रमाणपत्र दिँदा कुनै शुल्क नलिन अस्पतालहरुलाई निर्देशन दिएको छ ।

मन्त्रालयले आइतबार एक सुचना जारी गर्दै सरकारले खोप लगाएको प्रमाणीकरण निःशुल्क गर्ने निर्देशन दिएकोमा केही अस्पतालहरुबाट शुल्क लिएको पाइएको भन्दै कुनै प्रकारका अतिरिक्त शुल्क नलिन निर्देशन दिएको हो ।

सरकारले खोप लगाएको प्रमाणपत्र प्रमाणित गर्न शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, पाटन अस्पताल, सशस्त्र प्रहरी अस्पताल र निजामती कर्मचारी अस्पताललााई तोकेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया