श्रावण ५, २०८२ सोमबार July 21, 2025

गाउँपालिकालाई दुई लाखको स्वास्थ्य सामग्री सहयोग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः कारितास नेपाल धोविघाट ललितपुरले तनहुँको घिरिङ गाउँपालिकालाई रु दुई लाख भन्दा बढीको स्वास्थ्य सामग्री सहयोग गरेको छ । कोभिड–१९ सँग जुध्न उक्त संस्थाले गाउँपालिकालाई रु दुई लाख १८ हजार ५३७ बराबर स्वास्थ्य सामग्री सहयोग गरेको हो ।

कोभिड–१९ रोकथाम तथा नियन्त्रणमा सहयोग पु¥याउने उद्देश्यले सामग्री हस्तान्तरण गरिएको संस्थाका प्रतिनिधि प्रकाशचन्द्र चाडले जानकारी दिए ।

गाउँपालिकाका अध्यक्ष रनबहादुर रानाले स्वास्थ्य सामग्रीले कोभिड नियन्त्रणका लागि सहयोग पुग्ने जनाउँदै उक्त संस्थाप्रति धन्यवाद व्यक्त गरे । गाउँपालिकालाई मास्क, स्यानीटाइजर, पिपिई, पञ्जा, फेसशिल्ड, स्यानीटाइजरलगायतका सामग्री सहयोग गरिएको छ ।

यसअघि सोही संस्थाले दमौली अस्पताल र शुक्लागण्डकीस्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रलाई रु ३० लाख ५२ हजार १५७ बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको थियो । दमौली अस्पताललाई रु १९ लाख १५ हजार १२३ र जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रलाई रु ११ लाख ३७ हजार ३४ बराबरको स्वास्थ्य सामग्री सहयोग गरिएको थियो ।

उक्त संस्थाले गण्डकी प्रदेशका सात अस्पताललाई रु एक करोड २० लाख ९८ हजार ४११ बराबरको स्वास्थ्य सामग्री सहयोग गरिसकेको छ ।-रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया