श्रावण ५, २०८२ सोमबार July 21, 2025

एन्फाका प्रवक्ता किरण राईले दिए राजीनामा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता किरण राईले पदबाट राजिनामा दिएका छन् । सोमबार प्रवक्ता राईले अध्यक्ष कर्मा छिरिङ शेर्पासमक्ष पदबाट राजीनामा दिएको पत्र बुझाएका हुन् ।

अध्यक्ष शेर्पाले पदबाट राजीनामा नदिन पटक पटक सम्झाए पनि उनले पदबाट राजीनामा दिएका छन् । प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको गतिविधिबाट रुष्ट बनेका उनी पछिल्लो पटक एन्फाको कामबाट असन्तुष्ट जनाउँदै आएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया