भाद्र २३, २०८१ आइतबार September 8, 2024

राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता आह्वान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दल दर्ता गर्न निर्वाचन आयोगले आह्वान गरेको छ। आगामी माघ ९ गते १८ सिटका लागि हुने राष्ट्रियसभा निर्वाचनका लागि आयोगले दल दर्ता गर्न आह्वान गरेको हो।

नेपालको संविधानको धारा २६९ तथा राजनीतिक दल सम्बन्धि ऐन, २०७३ को दफा ४ बमोजिम निर्वाचन आयोगमा दर्ता कायम रहेका दलहरुलाई राष्ट्रियसभा सदस्य निर्वाचनका लागि संविधानको धारा २७१ तथा रानीतिक दल सम्बन्धि ऐन, २०७३ को दफा ४८ बमोजिम मंसिर २७ गतेबाट पुष ६ गतेसम्म दल दर्ताका लागि आह्वान गरिएको प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले बताएका छन।

राष्ट्रिय सभा सदस्य निर्वाचनमा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष, नगर, उपमहानगर तथा महानगरपालिकाका प्रमखु र उपप्रमुख र प्रदेशसभा सदस्यहरुले मतदान गर्न पाउने छन्। राष्ट्रियसभाको उम्मेदवार बन्न अन्तिम मतदाता नामावलीमा नाम दर्ता भएको र संविधानले तोके बमोजिम योग्यता भएको नेपाली नागरिक हुनुपर्ने प्रमुख निर्वाचन आयुक्त थपलियाले बताएका छन। यसअघि दर्ता भएका वा नभएका दलहरुले निर्वाचनमा भाग लिन चाहेको अवस्थामा आवश्यक कागजातसहित आयोगमा निवदेन दिन उनले आग्रह गरेका छन।

राष्ट्रियसभा सदस्य निर्वाचनमा भाग लिन दार्ता हुने पुराना दलहरुले गत वर्षको लेखा परीक्षण प्रतिवेदन पेश गर्नुपर्ने आयोगले जनाएको छ। राष्ट्रियसभाको निर्वाचनका लागि कुनै दलले दल दर्ता गर्न नचाहेको खण्डमा दलको मान्यता र आधिकारिक रुपमा काम गर्ने कुरामा कुनै असर नपर्ने प्रमुख निर्वाचन आयुक्त थपलियाले बताएएका। उनले राष्ट्रियसभा निर्वाचनमा भाग नलिने दलहरुले पनि लेखा परीक्षण प्रतिवेदन बुझाउनु पर्ने उनले बताएका छन।

कुनै राजनीतिक दलले लेखा परीक्षण प्रतिवेदन नबुझाएको खण्डमा सामान्य सोधपुछ बाहेक अरु कुनै कारवाही गर्ने अधिकार ऐनले आयोगलाई दिएको छैन। राष्ट्रियसभाका एक तिहाइको सदस्य अर्थात १८ सिटका लागि निर्वाचन हुँदैछ। एकजना सदस्यलाई राष्ट्रपतिले मनोनयन गर्नेछिन्।

पहिलो चरणमा नेपाल कम्युनिष्ट पार्टी नेकपाका ९ (एक राष्ट्रपतिबाट मनोनित समेत), नेपाली कांग्रेसका ७, राष्ट्रिय जनता पार्टीका २ र समाजवादी पार्टीका १ एकजनाको २ वर्षे कार्यकाल फागुन २० मा सकिँदै छ। राष्ट्रियसभा सदस्यको कार्यकाल सकिन ३५ दिन बाँकी रहँदा निर्वाचन गरिसक्नुपर्ने प्रावधान रहेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सत्तारूढ दलका शीर्ष नेताहरुबीच समसामयिक बिषयमा छलफल
२०८१ भाद्र २३, आइतबार
प्रहरीका कानुनलाई परिमार्जन गर्न प्रधानमन्त्रीको निर्देशन
२०८१ भाद्र २३, आइतबार
पार्टी सङ्गठन विधानअनुसार चलाउनुपर्नेमा जोड
२०८१ भाद्र २३, आइतबार
श्री एयरको काठमाडौं-पोखरा उडान अफर : एउटा टिकट खरिद गर्नेलाई अर्को सित्तैमा
२०८१ भाद्र २३, आइतबार
भारतका रणधीर सिंह एसियाली ओलम्पिकको प्रमुखमा निर्वाचित
२०८१ भाद्र २३, आइतबार
‘बिपीले मेरा गलत कामको आलोचनात्मक समाचार लेख्नु भन्नुहुन्थ्यो’
२०८१ भाद्र २३, आइतबार
प्रविधिसँग जोडेर नयाँ पाठ्यक्रम बनाउन मन्त्री भट्टराईको निर्देशन
२०८१ भाद्र २३, आइतबार