श्रावण २, २०८२ शुक्रबार July 18, 2025

कर्णाली सरकारले छोरी सुरक्षा कार्यक्रम जाजरकोटबाट सुरु गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

जाजरकोट । कर्णाली प्रदेश सरकारले जाजरकोटबाट छोरी सुरक्षा कार्यक्रम सुरु गर्ने भएको छ। छोरीहरुको लागि स्वर्णिम भविष्य निर्माणमा सहयोग पुर्‍याउन आगामी वर्षदेखि छोरी जन्मिने बित्तिकै बैंकमा एक हजारको खाता खोल्ने प्रदेश सरकारले तयारी गरेको कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले बताएका छन।

उनले यो छोरी सुरक्षा कार्यक्रम जाजरकोटबाटै सुरु गर्ने तयारीमा आफुहरु लागेको पनि बताएका छन। मन्त्री ज्वालाले उक्त कुरा केहि दिनअघि जाजरकोट सदरमुकाम खलंगामा आयोजित एक कार्यक्रममा बताएका हुन्। मन्त्री ज्वालाले दुई सन्तान अर्थात छोराछोरी या छोरीछोरी जन्माउने परिवारका लागि मात्र यो योजना लागू हुने बताएका छन।

छोरीहरुका लागि सुन्दर र सुरक्षित भविष्य निर्माणमा सहयोग पुर्‍याउन लगातार दुई छोरी जन्मिए या एउटा मात्र छोरी जन्मिए पनि उनको नाममा प्रदेश सरकारले एक हजारको बैंक खाता खोल्दै मासिक रुपमा ५ सय रुपैयाँ २० वर्षसम्म जम्मा गरिदिने पनि बताएका छन।

छोरीको नाममा जम्मा हुने रकमको लगानीबाट हुने नाफा र सावा सबै जोडेर छोरीको जीवन आत्मनिर्भर र सुन्दर भविष्य निर्माणमा सहयोग गर्ने सरकारको लक्ष रहेको मन्त्री ज्वालाले बताएका छन। सरकारले बैंक खाता खोलिदिएपछि र मासिक बचत गर्न सुरु गरेपछि २० वर्षसम्म विहे गर्न नपाइने, विद्यालयको पढाइ छोड्न नपाइने र आफुलाई आत्मनिर्भर बनाउने काममा सधै सकारात्मक क्रियाकलापमा सहभागी हुनुपर्ने सर्तहरु राखिने पनि मन्त्री ज्वालाले बताएका छन।

बाल विवाहको दर स्कुले केटाकेटीहरुमा भयावह देखिएको यसले समाजमा धेरै प्रकारका समस्याहरु बढ्दै गएकोले यसलाई नियन्त्रण गर्न आफुहरुले छोरी सुरक्षा कार्यक्रम सुरु गर्न लागेको पनि मन्त्री ज्वालाले बताएका छन। कर्णाली प्रदेश सरकारले सामाजिक विकास मन्त्रालय अन्तरगत छोरी सुरक्षा कार्यक्रम सन्चालन गर्न लागेको बताइएको छ।

कर्णाली प्रदेशका जाजरकोट लगाएतका जिल्लाहरुमा वालविवाहको दर उच्च रहेको र यसलाई नियन्त्रण गर्नका लागि सरकारले उचित रुपमा दिर्घकालीन नीति र पहल लिनुपर्ने सरोकारवालाहरुको भनाइ छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपाले आज अख्तियारमा ज्ञापन पत्र बुझाउँदै
२०८२ श्रावण २, शुक्रबार
एमाले पोलिटब्युरो बैठकमा बिधा भण्डारीको राजनीतिक सक्रियताका बारेमा छलफल हुने
२०८२ श्रावण २, शुक्रबार
श्रमिकको सम्मान बिना समृद्धि पनि असम्भव : प्रधानमन्त्री ओली
२०८२ श्रावण २, शुक्रबार
एमाले सचिवालय बैठक : ७० वर्ष उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने
२०८२ श्रावण २, शुक्रबार
शैक्षिक सत्र २०८२/८३ का लागि कक्षा ११ छात्रवृत्तिमा १६ हजार १३७ विद्यार्थी सहभागी हुने
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा सम्मानजनक ढंगले व्यवस्थापन गर्छौं : योगेश भट्टराई
२०८२ श्रावण २, शुक्रबार
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
२०८२ श्रावण २, शुक्रबार