असार २५, २०८२ बुधबार July 9, 2025

विराटनगरमा नयाँ पाठ्यक्रम लागू

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः बिराट नगरक्षेत्रका विद्यार्थीलाई स्थानीय भूगोल, भाषा, पर्व र संस्कृति लगायत विषयमा विज्ञ बनाउन आधारभूत तहका लागि नयाँ पाठ्यक्रम विकास गरिएको छ ।

कक्षा एकदेखि पाँचसम्म लागू हुने स्थानीय पाठ्यक्रमको आज एक कार्यक्रमबीच विमोचन गरिएको हो । विराटनगर महानगरपालिकाका प्रमुख  भीम पराजुली र उपमेयर इन्दिरा कार्कीले पाठ्यक्रमको विमोचन गरे ।

राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७५ मा भएको प्रावधानअनुसार स्थानीयतहले विद्यालयतहको पाठ्यक्रममा १०० पूर्णाङ्कको स्थानीय पाठ्यक्रम निर्माण गरी लागू गर्न पाउने व्यवस्थाअनुसार विराटनगर महानगरपालिका शैक्षिक प्रशासन महाशाखाले ‘हाम्रो विराटनगर’ स्थानीय पाठ्यक्रम कक्षा एकदेखि पाँचसम्म निर्माण गरेको हो ।

यो पाठ्यक्रम विराटनगर क्षेत्रका सबै नीजि तथा सामुदायिक विद्यालयमा शैक्षिक सत्र २०७८ देखि अनिवार्य लागू गरिएको छ । यही पाठ्यक्रममा आधारित रहेर नेपाली र स्थानीय भाषामा स्थानीय विषयको पाठ्यपुस्तक प्रकाशित हुने छ ।

प्राध्यापक डा. अनिल पोखरेलको संयोजनमा स्थानीय पाठ्यक्रम निर्माण समितिले पाठ्यक्रम निर्माण गरेको हो ।

विमोचन कार्यक्रममा नगर शिक्षा अधिकारी दुर्गाप्रसाद खतिवडाले पाठ्यक्रमले कक्षा एकदेखि पाँचसम्मका विद्यार्थीलाई स्थानीय तहका भूगोल, इतिहास, परम्परा र संस्कृतिको बारेमा जानकार बनाउने बताए ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार