श्रावण ५, २०८२ सोमबार July 21, 2025

नेपालमा थप ३ हजार २१८ सङ्क्रमण पुष्टी, एक हजार ७२२ सङ्क्रमणमुक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः पछिल्लो २४ घण्टामा नेपालमा तीन हजार २१८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १३ हजार ५७३ जनाको नमूना परीक्षणमा आज थप तीन हजार २१८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

एक हजार ७२२ सङ्क्रमणमुक्त

पछिल्लो २४ घण्टामा एक हजार ७२२ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या छ लाख ६७ हजार २७० जना पुगेको छ । नेपालमा निको हुने दर ९३.६ प्रतिशत छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणका कारण १९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमणका कारण १० हजार ३८ जनाको मृत्यु भइसकेको छ । नेपालमा सङ्क्रमणका कारण मृत्यु हुने दर एक दशमलव पाँच प्रतिशत रहेको छ ।

यसैगरी ७४६ जना सघन उपचारकक्ष (आइसीयू) र १६९ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् । त्यस्तै ३२ हजार २७ जना होमआइसोलेशन, तीन हजार ४०५ संस्थागत आइसोलेसन, ४४३ क्यारेन्टिनमा रहेका छन् । पछिल्लो २४ घण्टामा एक लाख ९१ हजार ३३९ जनाले खोप लगाएको मन्त्रालयले जनाएको छ ।

उपत्यकामा ७०१ सङ्क्रमित थपिए

काठमाडौँ उपत्यकामा आज थप ९१० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये काठमाडौँमा ५९३, ललितपुरमा १८९ र भक्तपुरमा १२८ जना रहेका छन् । अघिल्लो दिन काठमाडौँ उपत्यकामा जम्मा ७०१ जना सङ्क्रमित थपिएका थिए । शुक्रबार काठमाडौँमा ४७१, ललितपुरमा १४७ र भक्तपुरमा ८३ जना सङक्रमित थपिएका थिए । नेपालमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ३५ हजार ४३२ जना रहेको मन्त्रालयले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सन्नी देओलको ‘हनुमान लुक’ सार्बजनिक !!!
२०८२ श्रावण ५, सोमबार
पार्टीमा अहिलेसम्म १ लाख ३९ हजार नयाँ सदस्य थपिएका छन्ः एमाले
२०८२ श्रावण ५, सोमबार
अब विजुली खेर जाने दिन सकियो, निजी क्षेत्रको सहभागिता स्वागतयोग्यः ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ५, सोमबार
रसुवा गढी बाढी पछिको पुनर्निर्माणमा सघाउने चिनीयाँ प्रतिबद्धता
२०८२ श्रावण ५, सोमबार
नेतान्याहु अचानक परे बिमारी, अब घरवाटै चलाउने छन् कार्यालय
२०८२ श्रावण ५, सोमबार
बंगलादेशमा वायु सेनाको विमान दुर्घटना
२०८२ श्रावण ५, सोमबार
जापानी प्रधानमन्त्री तल्लो र माथिल्लो सदन दुवैबाट अल्पमतमा
२०८२ श्रावण ५, सोमबार