श्रावण ५, २०८२ सोमबार July 21, 2025

स्क्रबटाइफसका बिरामी बढ्न थाले

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः दार्चुला जिल्लामा स्क्रबटाइफसका बिरामी बढ्दै गएका छन् । यही साउन दोस्रो सातादेखि हालसम्म आठ जनामा त्यस्ता बिरामी देखिएको जिल्ला अस्पतालले जनाएको छ ।

अस्पताल अनुसार तीन स्थानीय तहका छ महिला र दुई पुरुषमा स्क्रबटाइफसको लक्षण देखिएको छ । मालिकार्जुन र व्यास गाउँपालिकामा एक एक र महाकाली नगरपालिकाका छ मा रोगको लक्षण देखिएको सूचना अधिकारी डम्मरदत्त भट्टले जानकारी दिनुभयो ।

उपचारका लागि पुगेका व्यक्तिको आरडिटी जाँच गर्दा स्क्रबटाइफसको लक्षण देखिएको उहाँले बताउनुभयो । गत वर्षमा जिल्लाभरि ३४ जनामा स्क्रबटाइफस देखिएको थियो ।

चिकित्सकका अनुसार ‘माइट’ नामक किर्नाको टोकाइबाट स्क्रबटाइफस हुने भएकाले सरसफाइमा विशेष ध्यान दिनुपर्नेमा जोड दिएका छन् । गत वर्ष देखिएकामध्ये २५ महिला थिए ।

महिला पशुचौपायको प्रत्यक्ष सम्पर्कमा रहने र ओसिलो ठाउँमा महिला घाँस तथा स्याउला सोत्तर गर्ने भएका कारण पुरुषभन्दा बढी महिला स्क्रबटाइफसको जोखिममा रहेको उहाँले जानकारी दिनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सन्नी देओलको ‘हनुमान लुक’ सार्बजनिक !!!
२०८२ श्रावण ५, सोमबार
पार्टीमा अहिलेसम्म १ लाख ३९ हजार नयाँ सदस्य थपिएका छन्ः एमाले
२०८२ श्रावण ५, सोमबार
अब विजुली खेर जाने दिन सकियो, निजी क्षेत्रको सहभागिता स्वागतयोग्यः ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ५, सोमबार
रसुवा गढी बाढी पछिको पुनर्निर्माणमा सघाउने चिनीयाँ प्रतिबद्धता
२०८२ श्रावण ५, सोमबार
नेतान्याहु अचानक परे बिमारी, अब घरवाटै चलाउने छन् कार्यालय
२०८२ श्रावण ५, सोमबार
बंगलादेशमा वायु सेनाको विमान दुर्घटना
२०८२ श्रावण ५, सोमबार
जापानी प्रधानमन्त्री तल्लो र माथिल्लो सदन दुवैबाट अल्पमतमा
२०८२ श्रावण ५, सोमबार