काठमाण्डौंः त्रिभुवन विश्वविद्यालय वन विज्ञान अध्ययन संस्थान परीक्षा नियन्त्रण महाशाखा पोखराले स्नातक तथा स्नातकोत्तर तहको नियमित परीक्षा स्थगित गरेको छ ।
साउन ३२ गते देखि सञ्चालन हुने परीक्षा कोभिड-१९ संक्रमणका कारण हाललाई स्थगित गरेको हो ।
साथै उक्त परीक्षाहरु आगामी भदौ महिनाको तेश्रो हप्तादेखि अनलाईन मार्फत सञ्चालन हुने परीक्षा नियन्त्रण महाशाखा प्रमुख प्रा.यज्ञप्रसाद तिमिल्सिनाले जानकारी दिनु भएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया