असार २९, २०८२ आइतबार July 13, 2025

प्रदेश नम्बर २ को प्रमुखमा हरिशंकर मिश्र नियुक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रदेश नम्बर २ को प्रमुखमा हरिशंकर मिश्र नियुक्त हुनुभएको छ । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले  मिश्रलाई प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको हो ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मिश्रलाई प्रदेश २ को प्रमुखमा नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

संविधानको धारा १६३ को उपधारा २ बमोजिम राष्ट्रपतिले मिश्रलाई प्रदेश प्रमुखमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया