श्रावण २, २०८२ शुक्रबार July 18, 2025

तीन जना हतियारसहित पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

रौतहट । रौतहटबाट तीन जना हतियारसहित पक्राउ परेका छन् । रौतहटको राजपुर नगरपालिका ३ दमारआजात चोकमा खटिएको सुरक्षा बेस फतुवाको टोलीले तीन जनालाई हतियारसहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बाराको सुवर्ण गाउँपालिका ६ बस्ने ३७ वर्षीय उमेश्वरप्रसाद यादव, रौतहटको पर्रोहा नगरपालिका ६ लौकाहा बस्ने ३८ वर्षीय दामोदर साह र रौतहटको पर्रोहा नगरपालिका ४ पोखरीया बस्ने ६६ वर्षीय छोटेलाल साह छन् ।
भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार उनीहरुलाई प्रहरी निरीक्षक दिलबहादुर बस्नेत नेतृत्वको मोबाइल गस्ती टोलीले गएराति पौने आठ बजे हतियारसहित पक्राउ गरेको हो ।

उनीहरुको साथबाट कटुवा पेस्तोल एक थान र त्यसमा लाग्ने गोली दुई राउण्ड बरामद भएको छ । यस्तै धारिलो चक्कु, तार काट्ने औजार, पिलास, पेचकस, मोबाइल लगायतका सामग्री पनि बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई सुरक्षा बेस क्याम्प फतुवामा राखिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपाले आज अख्तियारमा ज्ञापन पत्र बुझाउँदै
२०८२ श्रावण २, शुक्रबार
एमाले पोलिटब्युरो बैठकमा बिधा भण्डारीको राजनीतिक सक्रियताका बारेमा छलफल हुने
२०८२ श्रावण २, शुक्रबार
श्रमिकको सम्मान बिना समृद्धि पनि असम्भव : प्रधानमन्त्री ओली
२०८२ श्रावण २, शुक्रबार
एमाले सचिवालय बैठक : ७० वर्ष उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने
२०८२ श्रावण २, शुक्रबार
शैक्षिक सत्र २०८२/८३ का लागि कक्षा ११ छात्रवृत्तिमा १६ हजार १३७ विद्यार्थी सहभागी हुने
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा सम्मानजनक ढंगले व्यवस्थापन गर्छौं : योगेश भट्टराई
२०८२ श्रावण २, शुक्रबार
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
२०८२ श्रावण २, शुक्रबार