श्रावण ५, २०८२ सोमबार July 21, 2025

नेपालमा थप ३ हजार ४०३ जनामा कोरोना संक्रमण पुष्टि- २ हजार १४ जना निको भएर घर फर्किए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ४०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार १६ हजार ८ सय ३८ जनामा परीक्षण गर्दा ३ हजार ४०३ जना संक्रमित थपिएका छन्।

११ हजार ८ सय ३९ जनाको पीसीआर परीक्षण गर्दा २६१३ जनामा संक्रमण पोजेटिभ पुष्टि भएको छ भने ४ हजार ९ सय ९९ जनामा गरिएको एन्टिजेन परीक्षणबाट ७९० जनामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा संक्रमणका कारण ४२ जनाको मृत्यु भएको छ। त्यसैगरी २ हजार १४ जना निको भएर घर फर्किएका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया