असार २९, २०८२ आइतबार July 13, 2025

बागमती प्रदेशको प्रमुखमा यादवचन्द्र शर्मालाइ नियुक्त गर्ने सरकारको निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सरकारले बागमती प्रदेश प्रमुखमा यादवचन्द्र शर्मालाई नियुक्तिका लागि सिफारिस गरेको छ ।

विष्णुप्रसाद प्रसाईंलाई फिर्ता बोलाउँदै सरकारले प्रस्तावित नेकपा एमाले (समाजवादी) का अध्यक्ष माधवकुमार नेपालको कोटाबाट शर्मालाई नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको हो ।

मन्त्रिपरिषद्को बिहीबारको बैठकले संखुवासभाका शर्मालाई प्रदेश प्रमुखमा नियुक्तिका लागि सिफारिस गरेको हो ।

सरकारले यसअघि लुम्बिनी, गण्डकी र प्रदेश २ मा पनि प्रदेश प्रमुखको हेरफेर गरेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया