श्रावण ५, २०८२ सोमबार July 21, 2025

नेपालमा थप ३ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टी – २ हजार २६ जना संक्रमणमुक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः बिहिबार आज नेपालमा कोरोना भाइरसका ३ हजार ७५ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ७ लाख ४२ हजार २ सय २८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज २ हजार २६ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ६ लाख ९१ हजार २ सय ९९ जना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घन्टामा १६ हजार ४ सय ३८ जनाको कोरोना परीक्षणमा २३ सय २१ जना पिसीआर र ७ सय ५४ जना एन्टिजेन विधिबाट संक्रमण पुष्टि भएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया