असार २५, २०८२ बुधबार July 9, 2025

त्रिवि एमबीए-एफ र बीएचएमको नतिजा प्रकाशित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः त्रिभुवन विश्वविद्यालयले एमबीए-एफ र बीएचएमको तर्फको नतिजा प्रकाशन गरेको छ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय परीक्षा नियन्त्रण महाशाखाले नतिजा प्रकाशन गरेको हो ।

त्रिविले एक सूचना जारी गर्दै त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डीनको कार्यालयबाट मिति २०७७ फाल्गुन ०१ ( १९औ फेब्रअरी ) देखि मिति २०७७ फाल्गुन १८ (२ मार्च २०२१) सम्म सञ्चालन भएको परीक्षाको नतिजा प्रकाशन भएको जनाएको छ ।

त्रिविको मास्टर अफ बिजनेश एडमिनिष्ट्रेशन इन फाइनान्स (एमबीए–एफ) कार्यक्रमको प्रथमसत्र नियमित परीक्षा – २०२१ को परीक्षाफल प्रकाशित भएको छ ।

व्यवस्थापन संकाय परीक्षा सञ्चालक समितिको निर्णयानुसार नतिजा प्रकाशित भएको सूचनामा उल्लेख गरिएको छ ।

साथै त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डीनको कार्यालयबाट मिति २०७७ पुस २१ ( ५ जनवरी २९२१ ) देखि मिति २०७७ माघ ०४ (१७ जनवरी २०२१) सम्म सञ्चालन भएको ब्याचलर अफ होटल म्यानेजमेण्ट (बीएचएम) कार्यक्रमको पाँचौसत्र नियमित परीक्षा – २०२० को परीक्षाफल त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय परीक्षा सञ्चालक समितिको निर्णयानुसार प्रकाशित भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया