काठमाण्डौंः लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले आज प्रदेशसभामा विश्वासको मत लिनुभएको छ ।
सभामुख पूर्णबहादुर घर्तीले मुख्यमन्त्रीले पाएको मत प्रदेशसभाको बहुमत भएकाले विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको घोषणा गर्नुभयो । प्रदेशसभामा रहेको कूल ८० सदस्यमध्ये ‘हुन्छ’ भन्ने पक्षका ४२ सदस्य कुलसङ्ख्याको बहुमत भएको घर्तीले जानकारी गराउनुभयो ।
‘हुन्न’ भन्ने पक्षमा सून्य सदस्य सङ्ख्या र उपसभामुख कृष्णी थारु तटस्थ रहनुभएको थियो । नेकपा (एमाले)ले सदन बहिष्कार गरेको थियो । सो अवसरमा मुख्यमन्त्री केसीले पाको राजनीतिक पार्टीको राम्रो संस्कार नभएको उल्लेख गर्दै सत्ता बहिर्गमनको आक्रोश भएको टिप्पणी गर्नुभयो ।
उहाँले सत्तामा रहने र प्रतिपक्षमा रहने सामान्य प्रक्रिया रहेको भन्दै संसदीय प्रक्रियालाई अवरुद्ध गर्न नहुने बताउनुभयो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया