असार २५, २०८२ बुधबार July 9, 2025

चार सामुदायिक विद्यालयलाई स्कुल बस

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः कालिका नगरपालिकाले नगरभित्र रहेका चार वटा सामुदायिक विद्यालयलाई स्कुल बस प्रदान गरेको छ ।

आर्थिक वर्ष २०७६/७७ को बजेटबाट दुई वटा र आव २०७७/७८ को बजेटबाट दुई वटा गरी चार वटा सामुदायिक विद्यालयलाई बस प्रदान गरिएको हो । सामुदायिक विद्यालयको शैक्षिक सुधार तथा सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन नगरभित्रको सामुदायिक विद्यालयमा बस प्रदान गरिएको नगरपालिकाले जनाएको छ ।

नगर प्रमुख खुमनारायण श्रेष्ठका अनुसार आव २०७६/७७ को बजेटबाट पृथ्वी माध्यमिक विद्यालय भटेनी र आधारभूत विद्यालय समीपुरलाई एक÷एक वटा बस हस्तान्तरण गरिएको हो । आव २०७७/७८ को बजेटबाट शक्तिखोरको चतुर्मुखी माध्यमिक विद्यालय र पद्मपुरको भीमोदय माध्यमिक विद्यालयलाई स्कुल बस हस्तान्तरण गरिएको उहाँले जानकारी दिनुभयो ।

श्रेष्ठले सामुदायिक विद्यालयलाई अब्बल बनाउँदै विद्यार्थीको भविष्य सुनिश्चितताका लागि सेवा थप गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सेवा बढाउँदा शैक्षिक गुणस्तर सुधार हुनैपर्छ ।” शैक्षिक सुधारकै लागि स्कुल बस प्रदान गरिएको भन्दै उहाँले पहाडी क्षेत्रमा रहेका चेपाङ बालबालिकाको शिक्षामा सहजताका लागि अझै पनि समस्या रहेको बताउनुभयो ।

चेपाङ बालबालिकाको शिक्षाको सुनिश्चितताका लागि आवासीय विद्यालय निर्माण भइरहेको श्रेष्ठको भनाइ छ । कालिका नगरपालिकामा ३५ सामुदायिक र ११ संस्थागत विद्यालय रहेका छन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार