श्रावण २, २०८२ शुक्रबार July 18, 2025

एमाले केन्द्रीय कमिटीको बैठक बस्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडाैंः प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ । पार्टी औपचारिक रुपमा विभाजन भएको भोलिपल्ट अर्थात आज बिहीबार केन्द्रीय कमिटी बैठक बोलाइएको हो ।

एमाले वरिष्ठ नेता माधवकुमार नेपालले बुधबार मात्र नेकपा एकीकृत समाजवादी दर्ता गरेका थिए । बैठक बिहीबार मध्यान्ह १२ बजे च्यासलस्थित तुलसीलाल अमात्य स्मृति भवनमा बस्ने एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

आजकाे बैठकमा १० बुँदे प्रस्ताव, पार्टी सदस्यता वितरण र विधान महाधिवेशन तथा स्थानीय अधिवेशन र पार्टी विभाजनको पक्षमा उभिएका केन्द्रीय सदस्यमाथिकाे कारबाही अगाडि बढाउने कार्यसूची रहेकाे छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया